Web Design In Nepal

बिद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने अक्सफोर्ड: सम्पन्न गर्यो SEE खुल्ला नृत्य प्रतियोगिता।

जेठ १९, २०८१ शनिबार 1668

बुटवल १८,रूपन्देही ,अक्सफोर्ड मा.वि SEE खुल्ला डान्स प्रतियाेगिता २०८१ सम्पन्न भएकाे छ।विभिन्न जिल्लाबाट SEE दिएर बसेका विद्यार्थीहरूबिच भएको प्रतियाेगितामा ३३ समूहको सहभागीता रहेकाे थियाे।नृत्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष लाेकेन्द् शाहकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका अध्यक्ष दुर्गादत्त भण्डारी ,क्याम्पस प्रमुख मनाेज मरासिनी ,क्याम्पस अध्यक्ष अजित खनाल,प्राध्यापक सुमन भुसाल ,सहायक प्राचार्य माेहन क्षेत्री ,बालकृष्ण पाेखरेल ,बुद्धदिप मा.विका प्राचार्य लेखनाथ गैरे,दिवाकर रेग्मी,कार्यक्रम संयाेजक सुन्दर गुरूङ लगायतको आतिथ्यता रहेको थियोे । नृत्य प्रतियाेगितामा विद्यार्थीहरूले नेपाली माैलिकता झल्काउने खालका गीतहरूमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा भर्चुअल माध्यमबाट मन्तव्य राख्दै प्राचार्य दिनेश भुसालले अक्सफोर्ड मा. वि विगतदेखि नै विद्यार्थीहरूकाे क्षमता प्रस्फुटनकाे लागि कार्य गरिरहेको स्मरण गर्दै SEE दिएर बसेका विद्यार्थीहरूकाे क्षमता सिमित क्षेत्रमा मात्र नरहाेस भनी आफूहरू पुलको रूपमा रहि नृत्य प्रतियाेगिता आयाेजना गरिएको बताउनुभयो ।कार्यक्रममा बाेल्दै प्राध्यापक सुमन भुसालले अक्सफोर्ड भाषा,संस्कार र संस्कृतिलाई जीवित नराखी व्यक्ति र राष्ट्रकाे नै पहिचान नरहने कुरामा सचेत रहेको जानकारी दिदै ,अक्सफोर्डका हरेक क्रियाकलाप अन्य उत्कृष्ट विद्यालयहरूले अनुशरण गरेको देख्दा आफूलाई गाैरवबाेध हुने गरेको बताउनुभयाे। अक्सफोर्डले SEE दिएका विद्यार्थीलाई कुनै पनि विषयमा व्यस्त गराई कुलतबाट टाढा राख्नुका साथै क्षमता पहिचान गर्नका लागि फुटसल,MCQ Test तथा अनलाइन खेलहरू समेत सम्पन्न गरेको बताउनुभयो ।कार्यक्रममा बाेल्दै प्रमुख अतिथि लाेकेन्द् शाहले अक्सफोर्डले विद्यार्थीकाे क्षमता प्रस्फुटन गर्नकाे लागि विभिन्न विद्यामा प्रतिस्पर्धा गराउनु सराहनीय काम गरेको बताउँदै,अक्सफोर्डले शिक्षालाई मात्रै नभइ अन्य विद्यामा पनि उत्तिकै जाेड दिदै आएको कारणनै राष्ट्रमै चर्चा कमाउन सफल भएको बताउनुभयो । नृत्य प्रतियाेगितामा ज्ञानज्याेति विद्यालयबाट SEE दिएकी मन्जिता राना प्रथम,गुगल इन्सिच्युटबाट आएकी स्वीकृति खत्री र स्वीकृति वि.क द्वितीय र तिनाउ बाेडिङ्गबाट SEE दिएका निस्था पुन मगर तृतीय भएका छन् भने हाेराइजन मा.वि र कालिका मानवज्ञान मा वि का किरण भण्डारी मगर र जेनिसा पौडेलले सान्त्वना स्थान प्राप्त गरेका छन् ।प्रथम,द्वितीय ,तृतीय तथा सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीले नगद पन्ध्र हजार,दस हजार,सात हजार ,तीन हजार,मेडल तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियोे ।उत्कृष्ट हुने विद्यार्थीहरूलाई क्याम्पस अध्यक्ष अजित खनाल तथा क्याम्पस प्रमुख मनाेज मरासिनीले बधाई मन्तव्य राख्नुभएको थियोे ।कार्यक्रमकाे निर्णायककाे रूपमा नृत्य निर्देशक संघ नेपालका अध्यक्ष सुमन थापा,नृत्य निर्देशक संघ कपिलवस्तु अध्यक्ष सुमन पाैडेल रहनुभएकाे थियोे भने सञ्चालन पारू न्याैपानेले गर्नुभएको थियोे ।

Authors

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्