Web Design In Nepal

Author: admin

बिद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने अक्सफोर्ड: सम्पन्न गर्यो SEE खुल्ला नृत्य प्रतियोगिता।

बिद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने अक्सफोर्ड: सम्पन्न गर्यो SEE खुल्ला नृत्य प्रतियोगिता।

Posted in समाचार
बुटवल १८,रूपन्देही ,अक्सफोर्ड मा.वि SEE खुल्ला डान्स प्रतियाेगिता २०८१ सम्पन्न भएकाे छ।विभिन्न जिल्लाबाट SEE दिएर बसेका विद्यार्थीहरूबिच भएको प्रतियाेगितामा ३३ समूहको सहभागीता रहेकाे थियाे।नृत्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष लाेकेन्द् शाहकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका अध्यक्ष दुर्गादत्त भण्डारी ,क्याम्पस प्रमुख मनाेज मरासिनी ,क्याम्पस अध्यक्ष अजित खनाल,प्राध्यापक सुमन भुसाल ,सहायक प्राचार्य माेहन क्षेत्री ,बालकृष्ण पाेखरेल ,बुद्धदिप मा.विका प्राचार्य लेखनाथ गैरे,दिवाकर रेग्मी,कार्यक्रम संयाेजक सुन्दर गुरूङ लगायतको आतिथ्यता रहेको थियोे । नृत्य प्रतियाेगितामा विद्यार्थीहरूले नेपाली माैलिकता झल्काउने खालका गीतहरूमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा भर्चुअल माध्यमबाट मन्तव्य राख्दै प्राचार्य दिनेश भुसालले अक्सफोर्ड मा. वि विगतदेखि नै विद्यार्थीहरूकाे क्ष
खेल महाेत्सवकाे तेस्रो दिन अक्सफोर्ड मा.वि बुटवलमा विभिन्न खेलकुद सम्पन्न ।

खेल महाेत्सवकाे तेस्रो दिन अक्सफोर्ड मा.वि बुटवलमा विभिन्न खेलकुद सम्पन्न ।

Posted in समाचार
बुटवल ।अक्सफोर्ड मावि बुटवलले देवीनगरस्थित एन्फा एकेडेमीमा एक समारोहका बिच सुरु गरेको खेलकुद कार्यक्रम अन्तर्गत शनिबार र आइतबार दोस्रो तथा तेस्रो दिनका खेलकुदहरू सम्पन्न भएका छन् । विभिन्न सदनहरूमा विभाजित कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूले विभिन्न खेलहरूमा उत्साहपूर्ण सहभागिता जनाएका छन् । २०८० माघ १२ गते शुक्रबारदेखि सुरु गरिएको उक्त कार्यक्रम निरन्तर रूपमा चार दिनसम्म सञ्चालन हुने जानकारी विद्यालयले दिएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त भण्डारीले अध्यक्षता ग्रहण गर्नुभएको उक्त कार्यक्रमको दोस्रो र तेस्रो दिनमा कक्षा १ र २ तर्फ स्वीट रेस , इन आउट खेल , फ्रग रेस ,कक्षा ३ र ४ तर्फ १०० मिटर दौड, स्किपिङ, कलेक्टिङ बल जस्ता खेल तथा दौडहरू सञ्चालन गरिएका थिए भने कक्षा ५ र ६ तर्फ इन आउट, चम्चा गुच्छा दौड, म्युजिकल चेयर जस्ता खेल तथा दौडहरू सञ्चालन गरिएका थिए
प्रथम राष्टपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि देवदह मा.वि लाई

प्रथम राष्टपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि देवदह मा.वि लाई

Posted in Uncategorized
बुटवल१४, देवदहमा जारी प्रथम रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि देवदह माध्यमिक विद्यालयले उचालेको छ । माघ १२ देखि १४ सम्म संचालित प्रतियोगितामा भएका खेलहरूमा सर्वाधिक १२ स्वर्ण पदक जित्दै देवदह माध्यमिक विद्यालयले रनिङ सिल्ड उचालेको हो ।देवदह माविले १२ स्वर्ण सङ्गै ४ रजत र ३ काश्य हात पारेको छ । त्यस्तै सगरमाथा आवासीय माविले ३ स्वर्ण, ६ रजत र २ कास्य जित्दै द्वितीय भएको छ, भने केरवानी माविले ३ स्वर्ण ५ रजत र ६ कास्य जित्दै तेस्रो स्थान हासिल गरेको छ । रनिङ शिल्ड उचालेको देवदह माविले नगद १५ हजार, द्वितीय स्थान हासिल गरेको सगरमाथा आवासीय माविले नगद १० हजार र तृतीय भएको केरवानी माविले नगद ५ हजार प्राप्त गरेको छ । रनिङ शिल्ड प्रतियोगिताको समापन समारोह जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्यता, देवदह नगरपालिका नगर प्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षता, उपप्
मदन भण्डारी प्रथम खुल्ला फुटसल रनिङ्गशिल्ड आजबाट सुरु,१५ टिम सहभागी

मदन भण्डारी प्रथम खुल्ला फुटसल रनिङ्गशिल्ड आजबाट सुरु,१५ टिम सहभागी

Posted in समाचार
काठमाडाै १४,मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आजदेखि मदन भण्डारी खुल्ला फुटसल रनिङ्गसिल्ड प्रतियोगिता सुरु भएको छ । काठमाण्डौको सामाखुसीमा आयोजित कार्यक्रमा काठमाडौ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले खेलकुद क्षेत्रको विकासले सबै क्षेत्रमा फाईदा पुग्ने बताउनुभयो । खेलकुदका माध्ययमबाट राष्ट्रलाई चिनाउन सकिने चर्चा गर्दै उहाँले खेलाडी उत्पादन र स्तरबृद्धिमा स्पोर्टस् एकडेमीले उल्लेखनिय योगदान गरिरहेको उल्लेख गर्नुभयो । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा भएको उद्घाटन समारोहमा एकेडेमीका सल्लाहकार तथा पुर्व प्रदेश सभासद मोहन रेग्मी,उपाध्यक्ष तेजबिक्रम बस्नेत,उपमहासचिब सुवर्ण श्रेष्ठ लगायतले बोल्नु भएको थियो । कार्यक्रम संयोजक सरिला श्रेष्ठका अनुसार माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका १५ वटा टिमक
हाेराइज गाैतमबुद्ध मा.वि मा खाना महाेत्सव, सिङ्गिङ् आइडल, नृत्य  तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

हाेराइज गाैतमबुद्ध मा.वि मा खाना महाेत्सव, सिङ्गिङ् आइडल, नृत्य तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

Posted in समाचार
तिलोत्तमा,माघ १२ होराइजन गौतम बुद्ध मा.वि.ड्राइभरटोल रुपन्देहीमा खाना महोत्सव, नतिजा प्रकाशन, सिङ्गिङ् आइडल तथा नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । कक्षा ६ देखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरुले खाना महोत्सव कार्यक्रम आयोजना गरेका हुन् भने विद्यालयद्वारा सिङ्गिङ् आइडल तथा नृत्य प्रतियोगिता, दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन, पुरस्कार वितरण र अभिभावक भेला आयोजना गरिएको थियोे । होराइजन गौतम बुद्ध मा.वि.का अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजू श्रेष्ठको सभाध्यक्षता रहेको कार्यक्रममा तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रुपन्देहीका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा न्यु होराइजन इ.बो.मा.वि.मातृसंस्थाका प्राचार्य लोकनाथ उपाध्याय विशिष्ट अतिथिका रूपमा रहनु भएको थियो । कार्यक्रममा विद्यालय सञ्चालक समितिका पदाधिकारी महे
अफगानिस्तानलाई हराउँदै नेपाल सुपर-६ मा अब समूह ‘ए’का राष्ट्रसंग प्रतिस्पर्धा गर्ने

अफगानिस्तानलाई हराउँदै नेपाल सुपर-६ मा अब समूह ‘ए’का राष्ट्रसंग प्रतिस्पर्धा गर्ने

Posted in नेपाल, समाचार
नेपाल आइसिसी यू-१९ विश्वकप २०२४ को सुपर-६ मा प्रवेश गरेको छ। समूहको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूह 'डी'मा तेस्रो बन्दै सुपर-६ मा पुगेको हो।अब सुपर-६ मा नेपालले समूह 'ए'का भारत,बंगालदेश र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। अफगानिस्तानसँग कठिन जित निकाल्ने क्रममा नेपालले १४६ रनको लक्ष्य ९ विकेटको क्षतिमा ४४.४ओभरमा पूरा गर्‍यो। नेपालको जितमा कप्तान देव खनालले अर्धशतक प्रहार गरे। सातौं विकेटको रुपमा आउट हुनुअघि उनले ८९ बलमा ७ चौका प्रहार गर्दै ५८ रन जोडे।त्यसअघि ओपनरद्वय अर्जुन कुमाल १० रन, विपिन रावल ३ रन र गुल्सन झा १ रनमा आउट हुँदा नेपालमाथि दबाब परेको थियो।तर कप्तान देव खनालले धैर्यपूर्वक ब्याटिङ गरे। देवलाई १६ रन बनाएका आकास त्रिपाठीले साथ दिँदा नेपालको स्कोर बढेको थियो। तर दीपक डुम्रे ५ रन र दिपेश कँडेल ४ रनमा आउट भए।
अक्सफोर्ड मा.वि बुटवलमा आजदेखि खेल सप्ताह सुरू

अक्सफोर्ड मा.वि बुटवलमा आजदेखि खेल सप्ताह सुरू

Posted in लुम्बिनी प्रदेश, समाचार
अक्सफोर्ड मा.वि बुटवलले एक समारोहबीच एन्फा एकेडेमीकाे खेल मैदानमा खेलकुद सप्ताहकाे उद्घाटन गरेको छ ।विद्यार्थीहरूमा खेलकुदसम्बन्धि क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कक्षा १ देखि९ सम्मका विद्यार्थीहरूकाे सहभागिता रहेको थियो।आजबाट सुरु भएका खेलकुदहरू निरन्तर रूपमा चार दिनसम्म सञ्चालन हुनेछ । विद्यालय सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सदन तथा स्काउटकाका विद्यार्थीहरूले मार्च पास गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि जगाई उनीहरूमा प्रतिस्पर्धात्मक भावना जगाउनका लागि यस्ता कार्यक्रमहरू फलदायी हुने विचार राखेका थिए।उहाँले विद्यार्थीहरूको शारीरिक र मानसिक विकासका लागि विद्यालयले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आइरहेको जानकारी दिए । कार्यक
देवदहमा राष्ट्रपति कप रनिङ्ग शिल्ड छनोट प्रतियोगिता सुरू, २५ विद्यालय सहभागी

देवदहमा राष्ट्रपति कप रनिङ्ग शिल्ड छनोट प्रतियोगिता सुरू, २५ विद्यालय सहभागी

Posted in लुम्बिनी प्रदेश, समाचार
बुटवल१२, रुपन्देहीको देवदहमा प्रथम राष्ट्रपति कप रनिङ्ग शिल्ड छनोट प्रतियोगिता-२०८० आजदेखि शुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गरेका थिए। देवदह नगरपालिकाको आयोजना र देवदह माध्यमिक विद्यालयको व्यवस्थापनमा प्रथम राष्ट्रपति कप रनिङ्ग शिल्ड छनोट प्रतियोगिता-२०८० देवदह मा. विकाे खेल मैदानमा सञ्चालन भएको हो ।छनाेट प्रतियाेगितामा देवदह नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत गरी २५ विद्यालयहरुको सहभागिता रहेको देवदह मा. वि का अध्यक्ष सुरज खरेलले जानकारी दिए।प्रतियोगितामा छात्र/छात्रा भलिवल, छात्र/छात्रा कवड्डी, रिले दौड, कराँते लगायतका विधामा प्रतिस्पर्धा हुनेछ।एक भब्य समारोहबीच प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले खेलाडीहरू देशका गहना भएको हुदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न समेत छ
देवदहमा राष्ट्रपति रनिङ शिल्डकाे तयारी अन्तिम चरणमा,९९८ जना विद्यार्थीले प्रतिस्पर्धा गर्ने

देवदहमा राष्ट्रपति रनिङ शिल्डकाे तयारी अन्तिम चरणमा,९९८ जना विद्यार्थीले प्रतिस्पर्धा गर्ने

Posted in लुम्बिनी प्रदेश, समाचार
बुटवल । रुपन्देहीको देवदहमा शुक्रबारदेखि प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता आयोजना हुने भएको छ । देवदह–७ मा अवस्थित देवदह माविमा ३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नगरका २५ वटा विद्यालयका विद्यार्थी प्रतिस्पर्धा गने छन् । प्रतियोगिता स्थलको अवलोकन गर्दै नगर प्रमुख ध्रुब प्रसाद खरेलले खेलकूदको माध्यमबाट देवदहलाई नयाँ पहिचान दिलाउन अहिलेको प्रतियोगिता महत्वपूर्ण रहने उल्लेख गरे । प्रतियोगिताको व्यवस्थापन तथा निर्देशन समिति समेत रहेका खरेलले नगरमा पहिलो पटक राष्ट्रपतिकप रनिङ शिल्ड प्रतियोगिता गर्न लागिएकाले विद्यार्थी, अभिभावक, शिक्षक तथा खेलप्रेमीहरुमा नयाँ उत्साह सिर्जना भएको दाबी गरे । प्रतियोगितामा विभिन्न इभेन्टमा गरी सामुदायिकतर्फ १५ तथा संस्थागततर्फ १० गरी २५ विद्यालयका ९९८ जना विद्यर्थीले प्रतिस्पर्धा गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापको
एमालेले प्रशिक्षण सञ्चालन गर्ने ,ज्ञवाली अर्घाखाँची आउँदै

एमालेले प्रशिक्षण सञ्चालन गर्ने ,ज्ञवाली अर्घाखाँची आउँदै

Posted in राजनीति, समाचार
शोभाखर पन्थी अर्घाखाँची/माघ-१० नेकपा एमाले अर्घाखाँचीले जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । एमाले जिल्ला कार्यालयको बिस्तारीत बैठकले यहि माघ १६,१७ र १८ गते सदरमुकाम सन्धिर्कमा जिल्लाका अगुवा कार्यकर्ताको लागि प्रशिक्षक प्रशिक्षण संचालन गर्ने निर्णय गरेको छ । प्रशिक्षण कार्यक्रममा पालिका कमिटीका पदाधिकारी ,क्षेत्रीय समन्वय कमिटीका सदस्य,जिल्ला कमिटीका सदस्य,प्रदेश कमिटीका सदस्य तथा पुर्व सदस्यहरु,जनवर्गीय संगठनका जिल्ला अध्यक्ष तथा जिल्लामा खट्ने प्रदेश र केन्द्रका सदस्यहरु गरी करीब २ सयको हाराहारीमा सहभागिता रहने नेकपा एमालेका कार्यालय सचिव लिलबहादुर बि.क.ले जानकारी दिनु भयो । प्रशिक्षणको निम्ति नेकपा एमालेका उप-महासचिब तथा पार्टी स्कुल विभाग प्रमुख प्रदिप ज्ञवाली,पार्टी केन्द्रीय सदस्य तथा लु्म्बिनी प्रदेश पार्टी स्कुल विभाग संयोजन कर्ता लक्ष्मण ज्ञवाली,पार्टी