Web Design In Nepal

Author: admin

तिलोत्तमाको नगरसभा फेरि स्थगित एमालेका जनप्रतिनिधिको नाराबाजी

तिलोत्तमाको नगरसभा फेरि स्थगित एमालेका जनप्रतिनिधिको नाराबाजी

Posted in राजनीति, समाचार
तिलोत्तमा - रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा फेरि स्थगित भएको छ । बजेट पारित गर्नको लागि बसेको नगरसभा बैठक गुणपुरक संख्या नपुगेको भन्दै स्थगित गरिएको हो । नगरप्रमुख रामकृष्ण खाणले गुणपुरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरेका थिए । बैठक स्थगित भएपछि एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिले नाराबाजी गरेका छन् । नाराबाजी भएपछि प्रहरी परिचालन गरिएको छ । बैठक स्थगित भएपछि आर्थिक वर्ष २०७९र८० का लागि प्रस्तावित बजेट आज आइतबार पनि पास हुन सकेन । नगरसभाको बैठकमा आफ्ना ४८ जना नगर सदस्यहरु उपस्थित भएपनि आफूहरुलाई प्रमुख प्रशासकिय अधिकृतले हाजिर गर्न नदिएको एमालेले आरोप लगाएको छ । यस अघि साउन ३१ गतेको बैठक पनि गणपुरक संख्या नपुगेको भनि स्थगित भएको थियो ।
उपसभामुख भुसालद्वारा पदभार ग्रहण

उपसभामुख भुसालद्वारा पदभार ग्रहण

Posted in नेपाल
काठमाडौँ-प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसालले पदभार ग्रहण गरेकी छन्। आइतबार सिंहदरबारस्थित कार्यालयमा उनलाई कर्मचारीहरूले स्वागत गरेका थिए। आजै राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा शितल निवासमा भुसाललाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ गराएका थिए . शुक्रबार भएको उपसभामुखको निर्वाचनमा भुसालले नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई हराउँदै बहुमतले निर्वाचित भएकी थिइन्।
लुम्बिनी प्रादेशिक अस्पतालमा आजबाट टिकट र बेडमा शुल्क नलाग्ने

लुम्बिनी प्रादेशिक अस्पतालमा आजबाट टिकट र बेडमा शुल्क नलाग्ने

Posted in लुम्बिनी प्रदेश, समाचार, स्वास्थ्य
बुटवल- बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा आजबाट टिकट र बेडमा शुल्क नलाग्ने भएको छ । लुम्बिनी प्रदेश सरकारले बजेट मार्फत बुटवलको लुम्बिनी प्रादेशिक र दाङको राप्ती प्रादेशिक अस्पतालमा टिकट र बेड निशुल्क गर्ने घोषणा गरेको थियो । जस अनुसार दुबै अस्पतालमा ओपिडी, इमर्जेन्सी र जनरल बेडको सेवा आजबाट निशुल्क भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालमा आज निशुल्क सेवाको सुरुवात गर्दै मुख्यमन्त्री कुलप्रसाद केशीले अस्पतालहरुको सेवा र संरचना बढाउँदै लैजाने बताए । उनले दुबै प्रादेशिक अस्पताललाई मिलाएर मेडिकल कलेज बनाउने बताए । प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले प्रादेशिक अस्पतालालाई विशेषज्ञ अस्पतालको रुपमा विकास गर्नुपर्ने बताए ।
भारत भ्रमणमा रहेका प्रचण्डले मोदीलाई भेट्ने

भारत भ्रमणमा रहेका प्रचण्डले मोदीलाई भेट्ने

Posted in Uncategorized
भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज पनि राजनीतिक भेटघाट जारी राख्दैछन् । उनले आज सत्तारुढ भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रचण्डले आजै अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी छ । त्यसपछि उनी स्वदेश फर्किनेछन् । भाजपा अध्यक्ष नड्डाकै औपचारिक निमन्त्रणमा गत शुक्रबारदेखि प्रचण्ड भारत भ्रमणमा छन् । गत शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका प्रचण्डले शनिबार भारतीय विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए । विदेश सचिव एस जयशंकरले प्रचण्डसँगको भेट फलदायी भएको जानकारी ट्वीटरमार्फत् दिएका छन् ।
संगीत तथा चलचित्र उत्पादन समाजमा नयाँ नेतृत्व

संगीत तथा चलचित्र उत्पादन समाजमा नयाँ नेतृत्व

Posted in मनोरंजन
संगीत तथा चलचित्र उत्पादन समाजले नयाँ नेतृत्व पाएको छ । शनिबार आयोजित संघको सातौं साधारणसभाले सूर्य मगरको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । सभाले उपाध्यक्षमा हुम गैरे, महासचिवमा सुनिल लामिछाने, सचिवमा छविराज ओझा, कोषाध्यक्षमा मेघराज मगराती चयन गरेको छ । त्यस्तै समाजको सदस्यमा तोरण गुरुङ, रुक्मान लिम्बु, उमेश गुरुङ, धनु ग्याङ्माई लगायत छानिएका छन् । समाजले गीत संगीत तथा चलचित्रको हकहितका खातिर कार्य गर्दै आएको छ ।
माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक जारी

माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक जारी

Posted in राजनीति, समाचार
काठमाडौँ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले नेताहरुले उठाएका प्रश्नको जवाफ दिने छन् । बैठकमा अध्यक्ष प्रचण्डले पोलिटव्युरो, स्थायी र पदाधिकारी प्रस्ताव गर्ने सम्भावना पनि छ । माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य गणेश शाहले अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो सदस्यहरुको नामावली आजको बैठकमा प्रस्तुत गर्ने बताए । गत मंगलबारको पूर्वपदाधिकारीहरुको बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिएको थियो । नामावली टुंगो लगाउन प्रचण्डले मंगलबार र बुधबार आन्तरिक छलफल गरेका थिए ।
रुपन्देहीको दानापुर तालमा डुबेर मृत्यु

रुपन्देहीको दानापुर तालमा डुबेर मृत्यु

Posted in लुम्बिनी प्रदेश, समाचार
बुटवल । रुपन्देहीको दानापुर तालमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका–८ बाँसगढीका ४१ वर्षीय कमल प्रसाद पाण्डे रहेको प्रहरीले जनाएको छ । पाण्डे मंगलबार साँझ कञ्चन गाउँपालिका–१ दानापुरस्थित दानापुर तालमा डुबेका पाण्डेको शव बुधबार विहान भेटिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।
वामदेव गौतम र केपी ओलीबीच भेटवार्ता

वामदेव गौतम र केपी ओलीबीच भेटवार्ता

Posted in राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीलाई भेट्न गौतम आज बिहान बालकोटस्थित ओली निवासमा पुगेका हुन्। बामदेवले वाम एकीकरण र चुनावी मोर्चा लगायतका विषयमा छलफल गर्न ओलीलाई भेटेको नेकपा एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेले जानकारी दिए। एमाले विभाजनपछि पहिलोपटक ओलीलाई भेट्न गौतम पहिलोपटक बालकोट पुगेका हुन्। वामदेवले गत मंगलबार नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका थिए। गौतमको पार्टीमा ७५ सदस्यीय केन्द्रीय समिति रहेको छ।
लुम्बिनीको बजेट प्रदेश सभाबाट पारित

लुम्बिनीको बजेट प्रदेश सभाबाट पारित

Posted in अर्थतंत्र, ब्यानर, समाचार
बुटवल- आगामी आर्थिक वर्षको लागि लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको बजेट प्रदेशसभाबाट पारित भएको छ । लुम्बिनी प्रदेशसभाको बुधबार बसेको बैठकले अर्थमन्त्री कृष्णध्यज खड्काद्वारा प्रस्तुत बजेट बहुमतले पारित गरेको हो। असार १ गते प्रस्तुत बजेटमाथि मन्त्रालयगत शीर्षकमा छलफल भएको थियो। छलफल सकिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेको विधेयक प्रदेशसभाले पारित गरेको हो। आर्थिक वर्ष २०७९र०८० का लागि प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ७ लाख रुपैयाँको बजेट ल्याएको छ। प्रदेशसभाको आज बसेकै बैठकमा प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सञ्चार विधेयक समेत स्वीकृत भएको छ ।
राजसंस्था फर्कन अब सम्भव छैन ः थापा

राजसंस्था फर्कन अब सम्भव छैन ः थापा

Posted in राजनीति, समाचार
बुटवल- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब राजसंस्था पुनस्थापना हुन असम्भव रहेको बताएका छन् । बुटवलमा विहिवार विहान आयोजित पत्रकार सम्मेलनमा थापाले आफूले राजसंस्थाको मुद्दा पनि छोडेको र पुनस्थापना हुन सम्भव नभएको पनि बताए । राजतन्त्र फर्काउन विगतमा आँफूले त्याग र संघर्ष गरेको भन्दै उनले तर राजसंस्था पुनस्थापना भए आफू दुखि नहुने थापाले बताए । थापाले राजेन्द्र लिंङदेनले राजसंस्थाको एजेण्डा त्यागेमा आफ्नो पार्टी बुझाउन तयार रहेको बताए । त्यसरी राजसंस्थाको एजेण्डा त्यागेमा आफू राप्रपासँग पार्टी एकता गरि सम्मानित नेता मात्र भएर बस्न तयार रहेको उनको भनाइ छ । ‘उहाँहरुले राजसंस्थाको एजेण्डा छोडेको दिन मैले यो सम्पूर्ण पार्टी उहाँकै जिम्मा लगाएर म सम्मानित नेता भएर बस्न तयार छु ।’ उनले भने । पूर्वराजा ज्ञानेन्द्रले र उनको सचिवालयले विगतमा दलहरुको मन जित्न सकेको भए राजसंस