Web Design In Nepal

Uncategorized

वुटवल ग्लोरीले बाजागाजासँगै गरेयो एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

वुटवल ग्लोरीले बाजागाजासँगै गरेयो एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

Posted in Uncategorized
बुटवल, १६ असार– बुटवल ग्लोरी इङ्गलिस बोर्डिङ स्कुल, बुटवल–१३ बेलबासले एसईई परीक्षामा ४ जिपिए प्राप्त गरेको खुसीयालीमा विद्यार्थीहरुलाई सम्मान गर्दै बाजागाजासँगै परिक्रमा गरेको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८१ सालमा लिइएको एसईई परीक्षामा बुटवल ग्लोरीका स्मरण पौड्यालले ४ जिपिएसहित उत्कृष्ट जिपिए ल्याएर विद्यार्थीहरु उत्तीर्ण भएका छन् । त्यही खुसीयालीमा पञ्चेबाजासँगै विद्यार्थीहरुको सम्मानमा यस क्षेत्रको परिक्रमा गराइएको थियो । उक्त अवसरमा विद्यालयका अध्यक्ष खिमबहादुर हमाल, प्रबन्ध निर्देशक मोहनलाल जोशी, प्राचार्य शंकरप्रसाद गौतम, बुटवल उपमहानगरपालिका वडा नं. १३ का सदस्य ध्रुव थापा, ग्लोरी बोर्डिङ स्कुल, बुटवलका प्राचार्य बालाकृष्ण तिवारी, लेखा समिति संयोजक रमेशबहादुर थापा, शिक्षा समिति संयोजक चुन्नप्रसाद पौड्याललगायतले विद्यार्थीहरुलाई सम्मान गर्नुभएको थियो । विद्यार्थीहरुलाई सम्म

४८ हजार १७७ जना विद्यार्थीले ल्याए ३.६ माथि जिपिए

Posted in Uncategorized
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेपछि परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० मार्फत परीक्षाफल सार्वजनिक गरिएको हो। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार यस वर्ष ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गरेका छन्। ३.२ देखि ३.६ जिपिए प्राप्त गर्नेको संख्या ८१ हजार ३८५ रहेको छ भने २.८ देखि ३.२ जिपिए ल्याउने विद्यार्थी ८९ हजार १२४ जना रहेका छन्। त्यस्तै २.४ देखि २.८ जिपिए ल्याउने ४८ हजार ४७९ जना, २ देखि २.४ जिपिए ल्याउने ४ हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने ८ जना विद्यार्थीको पनि नतिजा सार्वजनिक गरिएको छ। बोर्डले १२६ जना परीक्षार्थीको परीक्षा रद्ध गरेको जानकारी दिएको छ। यस्तै १ लाख ६७ हजार ५९७ जना परीक्षार्थीको न
श्री शान्ति दुर्गा मन्दिर शान्तिपिठ ,तिलोतमा ६  , १० नम्बर रूपन्देहीको आयोजनामा अन्तरविद्यालय धार्मिक हाजिरी जवाफ

श्री शान्ति दुर्गा मन्दिर शान्तिपिठ ,तिलोतमा ६ , १० नम्बर रूपन्देहीको आयोजनामा अन्तरविद्यालय धार्मिक हाजिरी जवाफ

Posted in Uncategorized
श्री शान्ति दुर्गा मन्दिर शान्तिपिठ ,तिलोतमा ६ , १० नम्बर रूपन्देहीद्वारा आयोजित अन्तरविद्यालय धार्मिक हाजिरी जवाफ प्रतियोगिताको उपाधि शान्ति नमुना मणिग्रामले जितेको छ। मौलिक सनातन धर्म संस्कृतिको जगेर्ना गर्ने हेतुले तिलोत्तमा नगरपालिका वडा नम्बर ६ को संयोजनमा गत वर्षदेखि सञ्चालन गर्न लागिएको अन्तरविद्यालय धार्मिक हाजिरी जवाफ प्रतियोगितालाई निरन्तरता दिँदै यो वर्ष पनि गरिएको हो। मन्दिरका अध्यक्ष शिवकुमार पाठकको अध्यक्षता वडा नम्बर ६ का वडा अध्यक्ष गणेश पाठकको प्रमुख आतित्यता एवं तिलोतमा नगरपालिका कार्यपालिका सदस्य नरबहादुर छन्त्याल लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाएका थिए प्रतियोगिता पूर्व सञ्चालित उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि पाठकले संस्कार र संस्कृतिको जगेर्नामा सबैले चिन्तन गर्नुपर्ने समय आएको बताउनुभयो।
विश्व वातावरण दिवसका अवसरमा तिलोत्तमा सामुदायिक पार्कमा फलफुल पार्क निर्माणर्थ वृक्षारोपण

विश्व वातावरण दिवसका अवसरमा तिलोत्तमा सामुदायिक पार्कमा फलफुल पार्क निर्माणर्थ वृक्षारोपण

Posted in Uncategorized
विश्व वातावरण दिवसका अवसरमा तिलोत्तमा सामुदायिक पार्कमा फलफुल पार्क निर्माणर्थ वृक्षारोपण कार्यक्रम गरिएको छ। तिलोतमा सामुदायिक पार्कका अध्यक्ष दीपक पाठकको अध्यक्षता तिलोतमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडको प्रमुख आतित्यतामा सम्पन्न कार्यक्रममा ८०० बढी ड्रागन फ्रुट्स ४०० वटा फलफुल एवं १५० भन्दा बढी बेगम बेली लगायतका फूलहरू रोपिएको छ। वातावरणलाई जीवन पद्धतिसँग र संस्कारसँग जोड्नुपर्ने प्रमुख अतिथि खाडले उल्लेख गर्नुभयो । तिलोतमा नगरपालिका विश्वभर उत्कृष्ट नगरपालिकाको रुपमा परिचित भएको स्मरण गर्दै यसको संरक्षण सम्बर्धन गर्न जनस्तरबाटै लाग्नुपर्नेमा जोड दिनुभयो नगरपालिकाले भौतिक सँगसँगै मानवीय सामाजिक र वातावरणीय विकासमा समेत उल्लेख्य कामहरु गर्न चाहेको र ती सबैमा जनसहभागिता अपरिहार्य रहने समेत बताउनुभयो कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेश पाठकले बिरुवा
फ्लड लाइटमा खेलाइएको नेपालकै पहिलो औपचारिक म्याच सुपर सिक्स कर्पोरेट टुर्नामेन्ट को उपाधी  ग्लोबल आइ एम इ बैङ्कलाइ ।

फ्लड लाइटमा खेलाइएको नेपालकै पहिलो औपचारिक म्याच सुपर सिक्स कर्पोरेट टुर्नामेन्ट को उपाधी ग्लोबल आइ एम इ बैङ्कलाइ ।

Posted in Uncategorized
नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ नेपाल राष्ट्र बैंक सिद्धार्थनगर समितिद्वारा आयोजित सुपरसिक्स कर्पोरेट कप क्रिकेट टुर्नामेन्ट २०८२ को उपाधि ग्लोबल आइएमइ बैंकले जितेको छ। इन्टरनेसनल क्रिकेट स्टेडियममा डे र नाइट दुवै सिफ्टमा गरी तीन दिनसम्म चलेको उक्त खेलमा लुम्बिनी प्रदेश भरका ३३ वटा कर्पोरेट टिमहरूको सहभागिता रहेको थियो गरिमा विकास बैंक तथा ग्लोबल आइएमइ बैंकका बीचमा भएको फाइनल खेलमा १७ रनले गरिमा विकास बैंकलाई पराजित गर्दै उपाधि जितेको हो। नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ नेपाल राष्ट्र बैंक सिद्धार्थ नगर समितिका अध्यक्ष दीपक गौतमको अध्यक्षता मा सम्पन्न समापन समारोहमा नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर डाक्टर चिरंजीवी नेपालको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथि नेपालले क्रिकेटले कर्मचारीको स्वास्थ्यलाई प्रवर्द्धन गर्ने हुँदा यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने र क्रिकेट ख
अक्सफार्ड कलेजमा बिदाई कार्यक्रम सम्पन्न

अक्सफार्ड कलेजमा बिदाई कार्यक्रम सम्पन्न

Posted in Uncategorized
पारु न्यौपाने, बुटवल राष्ट्रकै उत्कृष्ट एंव लुम्बिनी प्रदेशको अग्रणी शैक्षिक प्रतिष्ठानका रुपमा स्थापित अक्सफोर्ड कलेजमा बि.बि.एस. तथा बि.एड. चौथो बर्षमा अध्ययनरत १२६ जना विद्यार्थीहरुलाई बि.बि.एस. तथा बि.एड. प्रथम, दोस्रो तथा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको संयुक्त आयोजनामा रहेको कार्यक्रमको बि.बि.एस. तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी अविरल नेपालको अध्यक्षतामा बिदाई कार्यक्रम सम्पन्न भएको छ।कलेज सञ्चालक समितिका अध्यक्ष डा. अजित खनालको प्रमुख आतिथ्य,क्याम्पस प्रमुख श्री मनोज मरासिनी तथा अक्सफोर्ड मा.वि.का प्राचार्य श्री दिनेश भुसालको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुलाई टिका तथा खादा लगाई मायाको चिनो वितरण गरिएको थियो।उक्त कार्यक्रममा आफ्नो भनाई राख्दै कलेजका अध्यक्ष डा.अजित खनालले ‍अक्सफोर्डले विद्यार्थीहरुलाई सैद्धान्तिक शिक्षामा मात्रै क
इडन बाल क्लब गठन सम्पन्न, नयाँ नेतृत्व चयन

इडन बाल क्लब गठन सम्पन्न, नयाँ नेतृत्व चयन

Posted in Uncategorized
बुटवल, इडन इङ्गलिस बोर्डिङ्ग स्कुलमा इडन बाल क्लबको गठन एक विशेष कार्यक्रममा सम्पन्न गरिएको छ। विद्यालयका उप-प्राचार्य कुशल वस्यालको प्रमुख उपस्थितिमा आयोजित कार्यक्रममा क्लब इन्चार्जको रूपमा शिक्षिका भगवती ढकालले संयोजन गर्नुभएको थियो। कार्यक्रममा कक्षा ५ देखि ९ सम्मका ६१ जना विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो। क्लबका नयाँ पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन गरिएका छन्। अध्यक्षमा शाहिस्ता शाही, उपाध्यक्षमा प्रज्ज्वल पौडेल, सचिवमा अनुस्का जि.एम., सह सचिवमा आयुश्मा ज्ञवाली र कोषाध्यक्षमा विक्रम के.सी. चयन भएका छन्। साथै, विभिन्न जिम्मेवारीसहित अन्य सदस्यहरू पनि चयन गरिएका छन्। कार्यक्रमको सञ्चालन क्लब इन्चार्ज भगवती ढकालले गर्नु भएको थियो भने बधाई ज्ञापन तथा सहजीकरण उप-प्राचार्य कुशल वस्यालले गर्नुभएको थियो। उहाँले विद्यार्थीको नेतृत्व विकास र सृजनात्मक क्षमताको वृद्धिमा क्लब
नवजिवन क्लव तिलोत्तमा ६  द्वारा शैक्षिक सामाग्री वितरण ।।

नवजिवन क्लव तिलोत्तमा ६ द्वारा शैक्षिक सामाग्री वितरण ।।

Posted in Uncategorized
बैशाख २९, नव जीवन क्लब तिलोत्तमा छ रूपन्देहीले बृहत शैक्षिक सामग्री वितरण कार्यक्रम सोमबार सम्पन्न गरेको छ। तिलोतमा पार्कमा रहेको नवजीवन क्लबको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच स्थानीय विपन्न असहाय बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो। क्लबका अध्यक्ष केशव भुसालको अध्यक्षतामा नगरपालिका कार्यपालिका सदस्य नरबाहादुर छन्त्यालको प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रममा स्थानीय सरकारी विद्यालयमा अध्ययनरत विपन्न तथा जेहनदार बालबालिकाहरूलाई छनोट गरी ९२ जनालाई करिब ९१ हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको हो। प्रमुख अतिथि छन्त्यालले स्थानीय सरकारले गर्नुपर्ने कार्य क्लबले गरेकोमा प्रशंसा समेत व्यक्त गर्नुभयो। नवजीवन क्लब ले स्थापना कालदेखि गर्दै आएका सामाजिक कार्यहरूको मूल्याङ्कन आफूहरुले गरिरहेको र आगामी दिनहरूमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो। कार्यक्
सहज बचत तथा ऋण सहकारी संस्था लिमिटेड रूपन्देहीको सेवा केन्द्र लक्षित सेयर सदस्य अभिमुखीकरण कार्यक्रम

सहज बचत तथा ऋण सहकारी संस्था लिमिटेड रूपन्देहीको सेवा केन्द्र लक्षित सेयर सदस्य अभिमुखीकरण कार्यक्रम

Posted in Uncategorized
सहज बचत तथा ऋण सहकारी संस्था लिमिटेड रूपन्देहीको सेवा केन्द्र लक्षित सेयर सदस्य अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । तिलोत्तमा ४ स्थित सामुदायिक भवनमा सम्पन्न दोस्रो चरणको सेयर सदस्य अभिमुखीकरण कार्यक्रम शिक्षा उपसमिति संयोजक विष्णुमाया भण्डारीको अध्यक्षता संस्थाका संस्थापक अध्यक्ष दिलिप रिजालको प्रमुख अतिथ्यता एवं संस्थाका सचिव पार्वती न्यौपानेको सञ्चालनमा सम्पन्न भएको हो। सहकारीले वार्षिक कार्य योजना अन्तर्गत विभिन्न चरणमा शेयर सदस्य अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ। संस्थाका कार्यवाहक अध्यक्ष विशाल बेलबासेले स्वागत तथा संस्थागत जानकारी प्रस्तुत गर्दै १३औ वर्षमा प्रवेश गरिसक्दा सहकारीले निकै फड्को मारेको र सेवा केन्द्रमा समेत सदस्यहरूको उल्लेख्य सहभागिता रहेको जनाउनु भयो । संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार सहकारीकर्मी बादल आचार्यले सहजीकरण गर्नुभएको कार्यक्रममा
इडनमा पुरस्कार वितरण तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न ।

इडनमा पुरस्कार वितरण तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न ।

Posted in Uncategorized
चैत २९, बुटवल्। इडन इङ्गलिस बोर्डिङ्ग स्कुल वुटवल-११, नहरपुरमा नतिजा प्रकाशन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम एक समारोहका बिच सम्पन्न भएको छ। विद्यालयका प्राचार्य शिवहरी भट्टराईको अध्यक्षता,अभिभावक संघ नेपालका केन्द्रिय सदस्य लोकनाथ ज्ञवालीको प्रमुख आतिथ्यता तथा जनप्रतिनिधि नकुल शाही ठकुरीको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सन्चालन विद्यालयका उप-प्राचार्य कुशल वस्यालले गर्नुभएको थियो। कार्यक्रममा १०+२ अध्यापकहरुलाई शत प्रतिशत नतिजाका लागि सम्मान गरिएको थियो भने अन्य शिक्षक तथा कर्मचारीहरूलाई उत्कृष्ट कार्य सम्पादन‌को लागी सम्मान गरिए‌को हो। प्रत्येक कक्षाका प्रथम, द्वितीय र तृतिय सहित जि.पि.ए. ४ प्राप्त गर्ने विद्यार्थीहरु तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्ञवालीले इडन स्कुलले बुटवल क्षेत्रमै उत्कृष्ट