Web Design In Nepal

Author: kshitiz khanal

कृषिको सामुहिकरण र व्यवसायीकरण: नेपालको सम्वृद्धि र समाजवाद निर्माणको मूल आधार

कृषिको सामुहिकरण र व्यवसायीकरण: नेपालको सम्वृद्धि र समाजवाद निर्माणको मूल आधार

Posted in अर्थतंत्र, पर्यटन, रोजगार, लुम्बिनी प्रदेश, विचार
श्रीकृष्ण भुसाल/सन्धिखर्क विकासित देशहरूले कृषिलाई अत्याधुनिक प्रविधिको प्रयोग गरी व्यवसायिकरण गरेका छन्। नेपाल जस्ता अल्पविकासित देशमा भने यसलाई अझै पछौटे पेसाको रूपमा लिँदा जनता खाद्य सङ्कट, परनिर्भरता, कुपोषण लगायतका समस्याले पिरोलिएका छन्। अर्कातिर जथाभावी बस्ती विस्तार र जमिनको खण्डीकरणले कृषियोग्य भूमि नष्ट हुँदै गएकोले यसलाई संरक्षण गर्न अत्यावश्यक देखिएको छ। नेपालमा ६०.४ प्रतिशत जनता कृषि पेशामा आश्रित छन् भने करिव ३,०९१ लाख हेक्टरमध्ये २१ प्रतिशत भूभागमा खेती गरिएको छ। २०७८ को कृषि विभागको तथ्याङ्क अनुसार नेपालमा खाद्यान्न बाली १,११,२०,५१२, नगदे बाली ६८,०७,००६, दलहन २९,४३,३५५ र अन्य बाली ६०,५३,७८८ मेट्रिक टन वार्षिक उत्पादन हुने गरेको छ। यसै गरी पशुजन्य ९,५३,२२,३८२ र माछा १,०४,००० मेट्रिक टन वार्षिक उत्पादन हुनेगरेको छ। यसरी कृषि र पशुजन्य उत्पादनबाट देशको कुल ग्
रोट्र्याक्ट क़्लब अफ तिलोत्तमाको अध्यक्षमा विदुर खनाल  निर्बाचित

रोट्र्याक्ट क़्लब अफ तिलोत्तमाको अध्यक्षमा विदुर खनाल निर्बाचित

Posted in लुम्बिनी प्रदेश, समाचार
रोटा बर्ष २०२४/०२५ को लागि रोट्र्याक्ट क़्लब अफ तिलोत्तमाको निर्बाचित अध्यक्ष चयन कार्यक्रम विहिवार सम्पन्न भएको छ। उक्त कार्यक्रमबाट रोटा बर्ष २०२४/०२५ को निर्बाचित अध्यक्षको रुपमा  रोट्रयाक बिदुर खनाल चयन हुनु भएको छ।  साथै सचिबमा आकर्शक बश्याल र कोषाध्यक्षमा आशिस सेन निर्बाचित हुनु भएको छ।  डिस्ट्रिक्ट पब्लिक रिलेसन अफिसर अंकित पौडेल, रोट्रयाक्ट क्लब अफ भैरहवाका अध्यक्ष आशिक  श्रेष्ठ, रोट्रयाक क़्लब अफ तिलोत्तमाका सल्लाहकार मिन तिवारी काे उपस्थितिमा सम्पन्न भएकाे छ। उक्त कार्यक्रममा नव निर्बाचित अध्यक्ष  बिदुर खनालले रोट्रयाक क़्लब अफ तिलोत्तमाको गरिमालाई अझै उचाईमा पुर्याउने गरि काम गर्ने प्रतिबद्दता जाहेर गर्नु भएको छ। रोट्रयाक क़्लब अफ तिलोत्तमाका अध्यक्ष कमल अर्यालकाे अध्यक्षता र सचिव युवराज भट्टराइकाे सन्चालनमा सुनगाभा रिसोर्ट भलवारीमा सम्पन्न भएको थियो ।
नेपाली युवाको वर्तमान अवस्था र युवा राजनीतिको अबको बाटो

नेपाली युवाको वर्तमान अवस्था र युवा राजनीतिको अबको बाटो

Posted in अर्थतंत्र, नेपाल, राजनीति, रोजगार, विचार
पृष्ठभूमि माघ २० गते नेकपा (एमाले)ले काठमाण्डौमा युवा महोत्सव आयोजना गरेको छ । यो आम युवाका लागि बहुद सुखद पक्ष हो । युवाहरुका समस्या र समाधानका उपाय पनि यस्ता महोत्सवबाट पत्ता लगाउन सहयोग पुग्ने छ । युवा राजनीतिको कोशेढुंगा बन्ने अपेक्षाका साथ यो महोत्सवले उठान गर्नुपर्ने विषयलाई मध्येनजर गरेर यो आलेख तयार गरेको छु ।   युवाहरुका विषयमा विभिन्न पक्षबाट बहुआयामिक भाष्यहरु निर्माण गरिएका हुन्छन् । बालक, बयष्क र बृद्धहरुका आँखाबाट युवाहरुलाई फरक फरक देख्न सकिन्छ । युवा भएकै छैनबाट र युवा उमेर पार गरेकाबाट अएका निष्कर्षको संगालो नै युवा हो भन्दा अतिस्योक्ती हुनेछैन । आर्थात घर, परिवार समाजको आशा र भरोषाको केन्द्र हो युवा ।युवा जीवनको सवैभन्दा उर्वर समय हो । युवा शारीरिक रुपमा स्फुर्ति र जोस अनि मानसिक रुपमा सपनाले वेरिएको हुन्छ । युवा यथास्थितिमा रमाउदैन । परिवर्तन, गतिशीलता र लगनशील