Web Design In Nepal

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन अन्त्य

Posted in लुम्बिनी प्रदेश, समाचार
बुटवल लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गए राती १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौं अधिवेशन अन्त्य गरेका हुन्। नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेका हुन् । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ उपनियम (३) बमोजिम प्रदेशसभा सचिवालयले सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरेको सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।
चलचित्र प्रकाशको टोली बुटवलमा

चलचित्र प्रकाशको टोली बुटवलमा

Posted in मनोरंजन, लुम्बिनी प्रदेश, समाचार
बुटवल- चलचित्र प्रकाशको टोली बुटवल आएको छ । भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको उक्त फिल्मको मंगलबार ट्रेलर सार्वजनिक भएको थियो । फिल्मको प्रचारप्रसारको लागि नायक प्रदीप खड्का नायिका दिया मास्केसहितको टोली बुटवल आएको हो । चलचित्रमा प्रदीप कर्णालीको युवाको चरित्रमा अभिनय गरेका छन् । बुटवलमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा चलचित्रले विकट गाउँमा रहेको यथार्थलाई जिवन्त बनाउने गरि प्रस्तुत गरेको नायक खड्काले बताए । उनले प्रकास चलचित्र मार्फत आफूले हिँडिरहेको बाटोभन्दा फरक बाटो हिँड्ने प्रयास गरेको बताए । नायिका मास्केले चलचित्रले दर्शकलाई हलसम्म तान्ने मात्र होइन पूर्ण सन्तुष्टि दिन सक्ने दाबी गरिन । चलचित्रमा प्रदीप र दिया सँगै रेनु योगी, प्रकाश घिमिरे, नीरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीको अभिनय रहेको छ। बिनिस इन्टरटेनमेण्टको ब्यानरमा नि
बालिका बतात्कार गरेको आरोपमा सैनामैनामा एक जना पक्राउ

बालिका बतात्कार गरेको आरोपमा सैनामैनामा एक जना पक्राउ

Posted in लुम्बिनी प्रदेश, समाचार
सैनामैना- रुपन्देहीको सैनामैना नगरपालिकामा ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सैनामैना नगरपालिका २ सरौलीस्थित संगमचौककी बालिकामाथि बलात्कार गरेको आरोपमा स्थानिय ४९ वर्षिय खेमप्रसाद भुसाल पक्राउ परेका हुन् । उनी बालिकाका घरभेटी हुन् । बुधबार साढे ९ बजेतिर भुसालले बालिकालाई घुम्न जान भन्दै फकाएर लगेका थिए । कघर फर्केपछि बालिकाले पाठेघरमा दुखेको बताएपछि घटना बाहिर आएको हो । बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
नवलपरासी सरावलका किसानले पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधे

नवलपरासी सरावलका किसानले पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधे

Posted in लुम्बिनी प्रदेश, समाचार
परासी - वर्षा नभएपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिनिधिलाई बाँधेर मन्दिरमा पुर्‍याएका छन्। किसानले पानी पर्ने विश्वासमा स्थानीय जनप्रतिनिधिहरूलाई गाउँपालिकाको वडा नम्बर ३ मा रहेको शिव मन्दिरमा लगेर पूजा गरेका हुन्। गाउँपालिका उपाध्यक्ष बासमती चमारका अनुसार आइतबार दिउँसो १ बजेतिर गाउँपालिका अध्यक्ष सुखडी प्रसाद चौधरी, पूर्व सांसद राम लखन हरिजन, वडा नम्बर ४ का अध्यक्ष सुरेश यादव, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई गाउँलेले सलजस्तो कपडाले बाँधेर मन्दिर पुर्‍याएका थिए। पहिले पहिले समयमा पानी नपर्दा गाउँका अगुवालाई बाँधेर मन्दिरमा लगेर पूजा गर्ने चलन त्यही परमपरा अनुसार अहिले पालिका जनप्रतिनिधिहरुलाई लगेको स्थानियले बताएका छन् ।
बुटवलमा पुनः जग्गाको लगत संकलन शुरु

बुटवलमा पुनः जग्गाको लगत संकलन शुरु

Posted in लुम्बिनी प्रदेश
बुटवल - बुटवल उपमहानगरपालिकाले पुनः जग्गाको लगत संकलन शुरु गरेको छ। बुटवल उपमहानगरपालिकाको वडा नं. १२ सहितका केही वडामा लगत संकलन कार्य जारी रहेको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए। लगत संकलनको काम सकिएपछि कार्यपालिकाको बैठकले जग्गाको नापजाँचका लागि राष्ट्रिय भूमि आयोगबाट अनुमति लिने उनले बताए। ‘अहिले कुन जग्गा व्यक्तिको हो, कुन जग्गा सार्वजनिक हो, कहाँ बस्ती बसेको छ, कहाँ छैन भन्ने लगत संकलनको काम हुन्छ, उनले भने–त्यसपछि पनि कसैको जग्गाको लगत संकलन गर्न छुटेको छ कि भनेर १५ दिने सूचना जारी गछौं, अनि कार्यपालिकाको बैठकले भूमि आयोगसँग जग्गा नापजाँचका लागि अनुमति लिएर जग्गाको नापजाँचको काम शुरु हुन्छ।’ गत जेठ ९ मा उपमहानगरपालिकाको प्रमुख पदमा बहाली गर्दै नगरप्रमुख पाण्डेयले सुुकुम्बासी, भूमिहिनहरुलाई जग्गा उपलब्ध गराउन अव्यवस्थित बसोबासी, सुकुम्बासीहरुको अल्पकालीन र दीर्घकालीन व्यवस्
पश्चिम नेपाल विकास ट्रष्टमा नेतृत्व चयन

पश्चिम नेपाल विकास ट्रष्टमा नेतृत्व चयन

Posted in लुम्बिनी प्रदेश, समाचार
पश्चिम नेपाल बिकास ट्रष्टको ७ आंै साधारण सभा तथा चौथो अधिबेसनले नया नेतृत्व चयन गरेको छ। अधिवेशनबाट अध्यक्षमा मोम प्रसाद गुरूङ चयन भएका छन। ११ सदस्यीय समितिको उपाध्यक्ष माधव प्रसाद आचार्य, सचिव पदमलाल घिमिरे, कोषाध्यक्ष लक्ष्मी अधिकारी, सह सचिव राधा बेल्वासे, सह–कोषध्यक्ष ओमी पुन चयन भएका छन। त्यस्तै सदस्यहरुमा नमनारायण बेल्वासे, इन्द्रा राना, देवी प्रसाद घिमिरे, अनमिका घिमिरे र मथुरा पाण्डे चयन भएका छन । नया नेतृत्वलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान तथा सपथ गराएको छ। निर्वाचन समितिको संयोजक विष्णु घिमिरे, सदस्यहरु गोपाल प्रसाद भुसाल र प्रकाश गौतम रहेका थिए । साधारण सभा तथा अधिबेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै गैर सरकारी संस्था महासंघ का केन्द्रीय सल्लाहकार सुमित्रा शर्माले गैर सरकारी क्षेत्रले खेलेको भुमिकाका बारेमा चर्चा गरेकी थिइन । उनले ट्रष्टले सामाजिक क्षेत्रमा खेलेको
लुम्बिनी प्रादेशिक अस्पतालमा आजबाट टिकट र बेडमा शुल्क नलाग्ने

लुम्बिनी प्रादेशिक अस्पतालमा आजबाट टिकट र बेडमा शुल्क नलाग्ने

Posted in लुम्बिनी प्रदेश, समाचार, स्वास्थ्य
बुटवल- बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा आजबाट टिकट र बेडमा शुल्क नलाग्ने भएको छ । लुम्बिनी प्रदेश सरकारले बजेट मार्फत बुटवलको लुम्बिनी प्रादेशिक र दाङको राप्ती प्रादेशिक अस्पतालमा टिकट र बेड निशुल्क गर्ने घोषणा गरेको थियो । जस अनुसार दुबै अस्पतालमा ओपिडी, इमर्जेन्सी र जनरल बेडको सेवा आजबाट निशुल्क भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालमा आज निशुल्क सेवाको सुरुवात गर्दै मुख्यमन्त्री कुलप्रसाद केशीले अस्पतालहरुको सेवा र संरचना बढाउँदै लैजाने बताए । उनले दुबै प्रादेशिक अस्पताललाई मिलाएर मेडिकल कलेज बनाउने बताए । प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले प्रादेशिक अस्पतालालाई विशेषज्ञ अस्पतालको रुपमा विकास गर्नुपर्ने बताए ।
रुपन्देहीको दानापुर तालमा डुबेर मृत्यु

रुपन्देहीको दानापुर तालमा डुबेर मृत्यु

Posted in लुम्बिनी प्रदेश, समाचार
बुटवल । रुपन्देहीको दानापुर तालमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका–८ बाँसगढीका ४१ वर्षीय कमल प्रसाद पाण्डे रहेको प्रहरीले जनाएको छ । पाण्डे मंगलबार साँझ कञ्चन गाउँपालिका–१ दानापुरस्थित दानापुर तालमा डुबेका पाण्डेको शव बुधबार विहान भेटिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।
तिलोत्तमा १ को वडा कार्यालयमा सेवाग्राहीले ताला लगाए

तिलोत्तमा १ को वडा कार्यालयमा सेवाग्राहीले ताला लगाए

Posted in नेपाल, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, राजनीति, लुम्बिनी प्रदेश, समाचार
तिलोत्तमा- रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा तालाबन्दी भएको छ । कार्यालयमा जनप्रतिनिधि नभेटीदा अत्यावश्यक काम राकिएको भन्दै उनीहरुले ताला लगाएका हुन् । चौकिल्ला बनाउन तीन चार दिनसम्म वडा कार्यालय धाउँदा पनि वडाध्यक्ष फर्सुराम गिरिलाई नभेट्दा काम रोकिएको र आँफूहरुले ताला लगाएको सेवाग्राही चिरन्जीवी देवकोटाले बताए । शुक्रबार जाँदा कर्मचारीले सोमबारबाट काम हुन्छ भनेका थिए । सोमबार वडाध्यक्षको फोन मागेर सम्पर्क गर्न खोजें फोन काट्नुभयो । न वडाध्यक्ष भेटिनुभयो । न उहाँले कसैलाई कार्यवहाक दिनुभएको रहेछ । जनप्रतिनिधि नहुँदा हाम्रो काम केही पनि भएन । उनले भने । जनप्रतिनिधि आएर आफूहरुको काम भएमा मात्र ताला खोल्ने देबकोटाले बताए ।
दुई वर्ष भित्र तिलोराकोट विश्वसम्पदा सुचीमा सुचिकृत हुने

दुई वर्ष भित्र तिलोराकोट विश्वसम्पदा सुचीमा सुचिकृत हुने

Posted in Uncategorized, अर्थतंत्र, नेपाल, ब्यानर, राजनीति, लुम्बिनी प्रदेश, समाचार
आगामी २ वर्ष भित्रमा महामानव गौतमबुद्धको घर कपिलवस्तुको तिलौराकोट दरबार विश्व सम्पदा सूचिमा सुचिकृत हुने भएको छ । तिलौराकोटलाई विश्व सम्पदा सुचिमा लैजाने प्रक्रियाको विषयमा लुम्बिनीमा आयोजित सेमिनारले निष्कर्ष निकालेको हो । पुरातत्व विभाग, युनेस्को र लुम्बिनी विकास कोषको संयुक्त सेमिनारले गुरुयोजना बनाएर अगाडि बढ्ने निष्कर्षमा पुगेको छ । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्ने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा छलफल भएकोले सल्लाह र सुझाब अनुसार अगाडि बढेको पुरातत्व विभागका महानिर्देशक दामोदर सापकोटाले बताए । दुई दिने सेमिनारमा विज्ञहरुले आफ्नो राय पेश गरेकोले सोही आधारमा काम अगाडि बढ्ने महानिर्देसक सापकोटाले बताए । तिलौराकोटको कृषि, पर्यटन र स्थानीय उत्पादनको चिजवस्तुलाई प्रोत्साहन हुने गरी गुरुयोजनामा समावेश गर्ने र पुरातत्वलाई प्रतिवेदन पेस गर्ने गरी काम अगाड