Web Design In Nepal

Author: krishna pandey

नेपाल प्रहरीका हवल्दार भूपेन्द्र बुटवलमा भेटिए मृत

नेपाल प्रहरीका हवल्दार भूपेन्द्र बुटवलमा भेटिए मृत

Posted in लुम्बिनी प्रदेश, समाचार
बुटवल फागुन ४ नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला बुटवल नजिकको जंगलमा मृत भेटिएका छन्। मृतक प्रहरी हवल्दार ठकुल्ला प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत रहेको प्रहरीले बताएको छ। ठकुल्लाकाे शव शिवनगर सामुदायिक वनमा सडी सकेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले बताए। ‘उनी काठमाडौंबाट नेपालगञ्ज फर्किंदै गर्दा बुटवलमा झरेको देखिन्छ’, पण्डितले भने । ठकुल्लाको मानसिक अवस्था ठीक नभएको परिवारका सदस्यले बताएको भएपनि घटनाबारे अनुसन्धान भइरहेको भन्दै कारण खोजी भइरहेको उनको भनाइ छ ।
अक्सफोर्ड मा.विमा वक्तृत्वकला ,सुवेच्क्षा भट्टराई भइन प्रथम

अक्सफोर्ड मा.विमा वक्तृत्वकला ,सुवेच्क्षा भट्टराई भइन प्रथम

Posted in समाचार
बुटवल ४,अक्सफोर्ड मा.वि बुटवलमा अन्तर कक्षा वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएको छ।नेपाली विभागद्वारा आयाेजित कार्यक्रममा विद्यालयका प्राचार्य दिनेश भुसालको अध्यक्षता रहेको थियोे । कार्यक्रममा क्याम्पस अध्यक्ष अजित खनाल,क्याम्पस प्रमुख मनाेज मरासिनी ,प्राध्यापक सुमन भुसाल,विहानीसत्र इन्चार्ज नारायण सापकोटा ,दिवासत्र इन्चार्ज बालकृष्ण पाेखे्ल,विज्ञान संकाय इन्चार्ज भरत के.सी,प्राध्यापक माया घिमिरे लगायतको उपस्थिति रहेकाे थियोे । कार्यक्रममा निर्णायक मण्डलकाे भूमिकामा साहित्यकार राजेन्द्र आचार्य र रिता रेग्मी रहनुभएकाे थियोे ।देशको समृद्धि आैधाेगिकरण र भष्टचार नियन्त्रण शीर्षकमा विद्यार्थीहरूले आ-आफ्ना धारणाहरू राखेका थिए। कक्षा ११ र १२ का १७ जना विद्यार्थीहरू सहभागी भएको वक्तृत्वकलामा प्रथम सुवेच्क्षा भट्टराई द्वितीय वर्षा खनाल, तृतीय रूवी अर्याल र राेशनी थापा सान्त्वना भए
आफ्नै श्रीमतीको गोली हानी यमबहादुरले गरे हत्या ।

आफ्नै श्रीमतीको गोली हानी यमबहादुरले गरे हत्या ।

Posted in नेपाल, लुम्बिनी प्रदेश
दाङमा एक प्रहरीले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्। घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले गोली हानी हत्या गरेका दाङका प्रमुख जिल्ला अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई बाँकेको नेपालगञ्जमा कार्यरत उनका श्रीमान यमबहादुर झाक्रीले ८:३० बजेतिर गोली हानेर हत्या गरेको प्रजिअ सुवेदीले जानकारी दिए। गाेलि हानी फरार रहेका यमबहादुर झाक्रीलाई प्रहरीले अहिले नियन्त्रणमा लिएको छ।
जिल्लामै पहिलो पटक अनलाइन सिफारिस प्रणालीको सुरुवात गर्याे माथागडिले।

जिल्लामै पहिलो पटक अनलाइन सिफारिस प्रणालीको सुरुवात गर्याे माथागडिले।

Posted in समाचार
बुटवल ३,जिल्लामै पहिलो पटक माथागढ़ी गाउपालिका वडा न १ चिदीपानीमा अनलाईन सिफारिस प्रणाली शुभारम्भ गरिएको छ । नाता प्रमाणित योजना सम्झौता, जग्गा नामसारी,नागरिकता सम्बन्धी सबै सिफारिसहरु Annual Income Verification (बार्षिक आयश्रोत प्रमाणिकरण)'उद्योग/फर्म दर्ता सिफारिस, जन्म/मृत्यु प्रमाणित, आय-व्यय प्रमाणित लगायत यो अनलाइन सिस्टम द्वारा विभिन्न प्रकृतिका सिफारिसहरु छिटो र छरितो गर्न सकिने वडा अध्यक्ष राजकुमार पन्थीले बाताउनुभयो।साथै ,वडा कार्यालयबाट जारी सिफारिस पत्रको केन्द्रिय विधुतीय अभिलेखीकरण हुने, सेवाग्राहीले अनलाईन मार्फत निवेदन बुझाउन सकिनेछ।जसले गर्दा सेवाग्राहीको डाटाबेस बिस्तार भई सेवा प्रवाह छिटो छरितो ,विश्वसनीय र प्रभाबकारी हुनेछ। प्रविधिको प्रयोग गरी पेपर-लेस सेवा प्रवाहको दिशामा महत्वपुर्ण खुड्किलो हुने पन्थीको भनाइ छ। यो सेवा प्रयोग गर्न को निम्ति यो URL https://sifari
मेयर कप फुटबलकाे फाइनल अक्सफोर्ड मावि र नवीन औद्योगिक मावि बिच

मेयर कप फुटबलकाे फाइनल अक्सफोर्ड मावि र नवीन औद्योगिक मावि बिच

Posted in खेलकुद, समाचार
बुटवल, २८बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित प्रथम विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिताको फाइनल अक्सफोर्ड मावि र नवीन औद्योगिक माविका बिच हुने भएको छ। आइतबार भएको सेमीफाइनल खेलमा स्कलर्स होमलाई ३/० को गोलअन्तरले हराउँदै अक्सफोर्ड मावि फाइनल प्रवेश गरेको हो भने नवीन औद्योगिक माविले उजिरसिंह माविलाई २/० गोल अन्तरले हराउँदै फाइनलको प्रवेश गरेको हो। फाइनल खेल सोमबार दिउसो २ बजे बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुनेछ। आइतबार एन्फा टेक्निकल सेन्टरको मैदानमा भएका खेलमा एभरेष्ट माविलाई १/० गोलअन्तरले हराउँदै अक्सफोर्ड सेमीफाइनल प्रवेश गरेको थियो। जबहि खेल मैदानमा भएको खेलमा सरस्वती माविलाई १(० गोलअन्तरले हराउँदै नवीन औद्योगिक मावि सेमीफाइनल प्रवेश गरेको थियो। यसअघि उजिरसिंह माविले ज्ञानोदय माविलाई ट्राइबेकरमा ३/१ गोलअन्तरले हराउँदै अघिल्लो चरण प्रवेश गरेको थ
खेल सप्ताहकाे तेस्रो दिन अक्सफोर्डमा विभिन्न खेलहरू सम्पन्न  ।

खेल सप्ताहकाे तेस्रो दिन अक्सफोर्डमा विभिन्न खेलहरू सम्पन्न ।

Posted in खेलकुद, लुम्बिनी प्रदेश, समाचार
बुटवल २७,“स्वास्थ्यका लागि खेलकुद” भन्ने नारा सहित अक्सफोर्ड मा.विद्वारा सञ्चालन भएको खेल सप्ताहको तेस्रो दिन विभिन्न खेलकुदमा विद्यार्थीहरूविच प्रतिस्पर्धा भएको छ । जसअन्तर्गत टेवलटेनिस छात्रतर्फ सिभम कसौधन प्रथम, आभुुसन थापा दोस्रो र निरज भुसाल तेस्रो भएका छन । टेवलटेनिस छात्रातर्फ नितिसा खरेल प्रथम, दिव्या शाह ठकुरी दोस्रो र रिया अधिकारी तेस्रो स्थानमा आउन सफल भएकी छन । यसैगरी Badminton छात्र तर्फ वसन्त पौडेल प्रथम, अभिषेक मगर द्धितिय र विश्व बलाल तृतिय भएका छन् । Badminton छात्रातर्फ आस्था रिजाल प्रथम, फिवि राना द्धितीय र एलिना दर्लामी तृतीय भएका छन् ।खेलकुद महोत्सवलाई सफल पार्न विभिन्न विधामा संयोजकहरु तोकिएको थियोे । जसमा सटपुट संयोजकमा इश्वरी प्रसाद खनाल १०० मिटर दौड संयोजकमा सुमित शर्मा भलिवल संयोजकमा विष्णु खनालHigh jump/ Long Jumb मा गोपाल खरेल,व्याडमिन्टनमा गाेकर्ण खरेल
खेल सप्ताहकाे दाेस्राे दिन अक्सफोर्डमा विभिन्न खेलहरू भए सम्पन्न

खेल सप्ताहकाे दाेस्राे दिन अक्सफोर्डमा विभिन्न खेलहरू भए सम्पन्न

Posted in खेलकुद, समाचार
बुटवल २६,माघ “स्वास्थ्यका लागि खेलकुद”भन्ने नारा सहित अक्सफोर्ड मा.वि बुटवलमा सञ्चाल भएको खेल सप्ताहको दोस्रो दिन खेलका विभिन्न विधामा विद्यार्थीहरूविच प्रतिस्पर्धा भएको छ। भलिबल छात्रातर्फ आसिका लामिछानेको समुह प्रथम भएको छ भने रुवि रानाको समुह दोस्रो भएको छ। भलिबल छात्र तर्फ मान बहादुर बलालको टिम प्रथम भएको छ भने सफल थापाको टिम दोस्रो स्थानमा आउन सफल भएको छ । यसैगरी Long Jump Girls तर्फ प्रथम फिवि राना, द्धितिय रिया अधिकारी र आस्था रिजाल तृतिय स्थानमा आउन सफल भएका छन् । Long Jump Boys तर्फ प्रथम सकीन राना, द्धितीय डिपिन श्रेष्ठ र सुसान्त भण्डारी तृतिय भएका छन् । यसैगरी High jump Girls तर्फ प्रथम फिवि राना र द्धितिय स्थानमा आस्था रिजाल आउन सफल भएकी छिन् । High jump Boys तर्फ प्रथम सरोज न्यौपाने,द्धितिय डिपिन श्रेष्ठ र बिवस रसाइली तृतीय भएका छन् । Basket Ball Boys तर्फ प्रथम स
अक्सफोर्डमा खेल सप्ताह सुरू,६२५ विद्यार्थी प्रतिस्पर्धा गर्दै

अक्सफोर्डमा खेल सप्ताह सुरू,६२५ विद्यार्थी प्रतिस्पर्धा गर्दै

Posted in लुम्बिनी प्रदेश, समाचार
स्वास्थ्यका लागि खेलकुद भन्ने नारासहित अक्सफोर्ड मा.वि बुटवलमा आजबाट खेल महोत्सव सञ्चालन भएको छ। सिद्देश्वरी खेल मैदानमा भएको खेलको उद्‌घाटन प्राध्यापक सुमन भुसालले गर्नुभएको थियो । उद्‌घाटन गर्दै प्राध्यापक भुसालले अक्सफोर्ड मा.वि विद्यार्थीहरुको चौतर्फी विकासको लागि लागिरहेको र यस्ता खेलकुदले खेलाडीहरूको क्षमता पहिचान गरि राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । क्रिकेट क्षेत्रका नक्षत्र कुशल भुर्तेल र देव खनाल एवम् फुटवलमा सरोज दर्लामी र प्रितम कार्की पनि आफ्नै उत्पादन भएकोले अक्सफोर्डले खेलाडि समेत उत्पादन गरेको स्मरण गर्दै प्राध्यापक भुसालले नेपाली खेलाडिको समेत प्रशंसा गर्नुभयो। खेल सप्ताहको पहिलो दिन विभिन्न विद्यामा प्रतिस्पर्धा भएको छ।छात्र सटपुटतर्फ सरिन धर्ती, रिजन राना, सौगात थापा,छात्रातर्फ किवी राना,आस्था रिजाल, रुस्मा अर्याल प्रथम द्वित
हाेराजन गाैतमबुद्धमा कम्प्युटर सम्बन्धि तालिमको समापन,छायो विद्यार्थीमा खुसियाली ।

हाेराजन गाैतमबुद्धमा कम्प्युटर सम्बन्धि तालिमको समापन,छायो विद्यार्थीमा खुसियाली ।

Posted in लुम्बिनी प्रदेश, समाचार
बुटवल ,२४ हाेराइजन गाैतमबुद्ध मा. वि तिलाेत्तमामा कक्षा ११ विज्ञान तथा व्यवस्थापन संकायमा पढ्ने विद्यार्थीहरूलाई HTML,CSS,Java script सम्बन्धि एक हप्ते तालिमको समापन एक समारोहबीच सम्पन्न भएको छ।विद्यालयका प्राचार्य गाेपाल प्रसाद आचार्यकाे अध्यक्षता,क्याम्पसका सहायक क्याम्पस प्रमुख इन्द्र भुसाल ,प्राध्यापक डा.नारायण प्रसाद पन्थ,विज्ञान संकाय काेडिनेटर प्रदिप अर्याल ,अप्रेसन प्रमुख दिपेन्द्र विष्ट,कम्प्युटर विभागका विभागिय प्रमुख अर्जुन अर्याल ,टेर्नर इ.वैजनाथ थारू,विशाल थापा,कुसुम क्षेत्री लगायतको आतिथ्यता रहेको थियोे । समापन समारोहमा बाेल्दै प्राध्यापक डा.नारायण पन्थले वर्तमान अवस्थामा विज्ञान र प्रविधिकाे विकास सङ्गै धेरै अवसर हामीबीच रहदा चुनाैतीहरू पनि रहेकोमा जाेड दिएका थिए।कार्यक्रममा बाेल्दै विज्ञान संकाय काेडिनेटर प्रदिप अर्यालले हाेराइजन गाैतमबुद्ध मा.विमा विगतदेखि नै यस्ता कार्य
लियो क्लब अफ बुटवल सेन्ट्ररले युवा उद्यमशिलता, नेतृत्व बिकास र समाजमा युवाहरुको भुमिका विषयमा अन्तरसंवाद गर्दै

लियो क्लब अफ बुटवल सेन्ट्ररले युवा उद्यमशिलता, नेतृत्व बिकास र समाजमा युवाहरुको भुमिका विषयमा अन्तरसंवाद गर्दै

Posted in अर्थतंत्र, बजार, समाचार
राजनीतिक खिचातानीकाे कारण देशमा बढिरहेको आर्थिक सङ्कटले उद्योगी तथा व्यापारीहरूमा वितृष्णा पलाएको छ।काेराेना महामारीदेखि थला परेका उधाेगहरू अझै पनि चलाएमान बन्न सकेका छैनन् । देशमा बढदै गइसकेको आर्थिक सङ्कटले गर्दा धेरै उधाेगीहरू आफ्नो पेसाबाट पलायन भएका छन् भने केही बन्द हुने अवस्थामा रहेका छन् । यस्तो अवस्थामा ब्यबसायप्रति बढदै गएको चरम निराशालाई आशामा परिणत गर्नका लागि लियो क्लब अफ बुटवल सेन्ट्ररले युवा उद्यमशिलता, नेतृत्व बिकास, समाजमा युवाहरुको भुमिका विषयमा सम्बन्धित क्षेत्रका सफल युवा ब्यबसायीहरुबिच अन्तरसम्बाद कार्यक्रमकाे आयोजना गरेको छ।यस संवादले युवामा बढदै गएको निराशालाई आसामा बदल्ने विश्वास गरिएको अध्यक्ष विकास टन्डनले जानकारी दिए। कार्यक्रम शुक्रबार एसियन पाटी प्यालेस इट्टाभट्टीमा दिउँसो ३ बजे राखिएको छ। उक्त कार्यक्रममा सरोकारवाला पक्षहरुलाई सम