अक्सफोर्ड मा.विमा परीक्षाफल प्रकाशन तथा सम्मान कार्यक्रम सम्पन्न
Posted in लुम्बिनी प्रदेश, समाचार
बुटवल– बुटवल उपमहानगरपालिका सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ र १२ अन्तरगत त्रैमासिक परीक्षाकाे परीक्षाफल सार्वजनिक गर्दै उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई लाखाै रूपैयाँ बराबर प्रोत्साहनस्वरुप पुरस्कृत गरेको छ ।
प्रत्येक त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक कार्यक्रममा अक्सफोर्डमा अध्ययनरत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद तथा तीन महिनाको छात्रवृत्तिसहित पुरस्कृत गर्ने गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले बताए ।कक्षा ११ र १२ परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये ३ दशमलव ६० जिपिएभन्दा माथि ल्याउने ७ जना विद्यार्थीलाई नगद १० हजार, ३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुट र ३ं दशमलव ४४ जिपिए भन्दामाथि ल्याउने २९ जना विद्यार्थीलाई नगद तीन हजार तथा ३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुटको साथमा सम्मान तथा पुरस्कृत गर्ने गरेको विद्यालयका प्राचार्य भुसालले बताए।











