Web Design In Nepal

Uncategorized

अक्सफोर्डमा इ- स्पोटर्स सम्पन्न, आदित्य पाण्डेको समूह बन्यो विजेता

अक्सफोर्डमा इ- स्पोटर्स सम्पन्न, आदित्य पाण्डेको समूह बन्यो विजेता

Posted in Uncategorized
बुटवल,अक्सफोर्ड मा.वि बुटवलमा फस्ट खुल्ला SEE टेक इभेन्ट सुरू भएको छ। जसमध्ये पहिलो कार्यक्रमकाे रूपमा आज SEE दिएका विद्यार्थीहरूबीच इ स्पाेस्टाेर्स कम्पिटिसन सम्पन्न भएको छ। SEE दिएर खाली समयमा विद्यार्थीहरूले रचनात्मक कुराहरू सिकी समयको सदुपयाेग हाेस भन्ने उद्धेश्यले अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा हुने अनलाइन खेलकाे आयाेजना गरिएको थियोे ।खेलमा २२ समूहकाे सहभागीता रहेको थियोे । कार्यक्रम एक समारोहबीच प्राध्यापक सुमन भुसालले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियोे । कार्यक्रममा विद्यालयका पुर्व प्राचार्य दिवाकर रेग्मी,सहायक प्रधानध्यापक महन श्रेत्री,म्यानेजमेन्ट इन्चार्ज बालकृष्ण प्राेखेल,विज्ञान संकाय प्रमुख भरत के.सी,रसायनशास्त्र विभाग प्रमुख महेस शर्मा ,सामान्य प्रशासक घन बहादुर थापा,राजन पाण्डे,गाेकर्ण खरेल,राजकुमार पाण्डे,गणेसराज खनाल,सुशील खनाल,विष्णु खनाल लगायतको आतिथ्यत

तिलोत्तमा -४ द्वारा महिला हरुलाइ ड्राइभिङ तालिम ।

Posted in Uncategorized
वैशाख -४ पार्वती न्यौपाने ,तिलोत्तमा ।तिलोत्तमा वडा न -४ ले महिला हरु का लागि चारपाग्रे हलुका गाडि तथा दलित महिला हरु का लागि इ रिक्सा तालिम सन्चालन शुभारम्भ कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । कार्यक्रम वडा अध्यक्ष हरि बहादुर क्षेत्री को अध्यक्षता तिलोत्तमा नगरपालिका का नगर प्रमुख रामकृष्ण खाण को प्रमुख अतिथ्यता उप प्रमुख जगेश्वरि देबि चौधरि को विशिष्ट अतिथ्यता भएको थियो । प्रमुख अतिथि रामकृष्ण खाणले महिला स्वावलम्बी हुन सके आर्थिक देखि पारिवारिक शु शासन समेत बढाउने उल्लेख गर्दै तालिम लिएर जिविकोपार्जन गर्ने गरि सहभागी हुन सहभागी लाइ आग्रह गर्नु भयो । उपप्रमुख जगेश्वर देबि चौधारि ले तालिम लाइ महत्व दिएर सिक्न र पुर्ण प्रशिक्षित भाइ स्वरोजगार बन्न महिला दिदि बहिनि हरु अनुरोध गर्नुभयो । कार्यक्रम मा वडा सदस्य रम्भादेवि घिमिरे को स्वागत तथा वडा कार्यलयका सचिव काशिराम ज्ञवालि

पाल्पामा रुख ढलेर च्यापिदा रोकिराखेको स्कुटर मा बसेका एक को मृत्यु

Posted in Uncategorized
चैत १७,  असिना पानी आएपछि प्रतीक्षालयमा ओत लागेका एक व्यक्ति रूख ढलेर थिचिएका छन् । डुम्रे नजिकै जरेपिपलमा भएको दुर्घटनामा स्कुटरमा सवार कैलाशनगर पाल्पा तानसेनका २० वर्षीय भुवन सिँजालीको घटनास्थलमै मृत्यु भएको हो ।
प्रथम राष्टपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि देवदह मा.वि लाई

प्रथम राष्टपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि देवदह मा.वि लाई

Posted in Uncategorized
बुटवल१४, देवदहमा जारी प्रथम रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि देवदह माध्यमिक विद्यालयले उचालेको छ । माघ १२ देखि १४ सम्म संचालित प्रतियोगितामा भएका खेलहरूमा सर्वाधिक १२ स्वर्ण पदक जित्दै देवदह माध्यमिक विद्यालयले रनिङ सिल्ड उचालेको हो ।देवदह माविले १२ स्वर्ण सङ्गै ४ रजत र ३ काश्य हात पारेको छ । त्यस्तै सगरमाथा आवासीय माविले ३ स्वर्ण, ६ रजत र २ कास्य जित्दै द्वितीय भएको छ, भने केरवानी माविले ३ स्वर्ण ५ रजत र ६ कास्य जित्दै तेस्रो स्थान हासिल गरेको छ । रनिङ शिल्ड उचालेको देवदह माविले नगद १५ हजार, द्वितीय स्थान हासिल गरेको सगरमाथा आवासीय माविले नगद १० हजार र तृतीय भएको केरवानी माविले नगद ५ हजार प्राप्त गरेको छ । रनिङ शिल्ड प्रतियोगिताको समापन समारोह जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्यता, देवदह नगरपालिका नगर प्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षता, उपप्
एसपीपीबारे मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनबारे जानकारी गराउन सभामुखको निर्देशन

एसपीपीबारे मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनबारे जानकारी गराउन सभामुखको निर्देशन

Posted in Uncategorized, नेपाल
काठमाडौँ -सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी०बारे मन्त्रिपरिषद्ले गरेका निर्णय र कार्यान्वयनबारे संसद्लाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले एसपीपीको विषयमा सांसदहरूले उठाएका विषयमाथि आफ्नो ध्यानाकर्षण भएको भन्दै यस सम्बन्धमा सरकारको निर्णय र त्यसको कार्यान्वयनबारे संसद्लाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् । सांसदहरूले एसपीपी सम्झौता कार्यान्वयन नगर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय गर्दा पनि अमेरिकालाई पत्राचार नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै प्रतिनिधिसभाले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको कार्यावधि थप गरेको छ । संसदीय छानबिन विशेष समितिको कार्यावधि सात दिनका लागि थप गर्ने सभामुखको प्रस्तावलाई बैठकले पारित गरेको हो
भारत भ्रमणमा रहेका प्रचण्डले मोदीलाई भेट्ने

भारत भ्रमणमा रहेका प्रचण्डले मोदीलाई भेट्ने

Posted in Uncategorized
भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज पनि राजनीतिक भेटघाट जारी राख्दैछन् । उनले आज सत्तारुढ भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रचण्डले आजै अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी छ । त्यसपछि उनी स्वदेश फर्किनेछन् । भाजपा अध्यक्ष नड्डाकै औपचारिक निमन्त्रणमा गत शुक्रबारदेखि प्रचण्ड भारत भ्रमणमा छन् । गत शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका प्रचण्डले शनिबार भारतीय विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए । विदेश सचिव एस जयशंकरले प्रचण्डसँगको भेट फलदायी भएको जानकारी ट्वीटरमार्फत् दिएका छन् ।
रुपन्देहीको रोहिणीमा बस खस्दा ९ जनाको मृत्यु

रुपन्देहीको रोहिणीमा बस खस्दा ९ जनाको मृत्यु

Posted in Uncategorized, जानकारी, नेपाल, समाचार
भैरहवा- रुपन्देहीको रोहिणी पुलमा बस दुर्घट्ना हुँदा ९ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । लु २ ख ३८४१ नम्बरको बस जनकपुरबाट भैरहवा आउदै गर्दा भैरहवा परासी सडक खण्डको रोहिणी पुलबाट खसेको हो । दुर्घटनामा मृत्यु भएका ९ जना मध्ये ६ जनाको सनाखत भएको छ। रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल १३, कालिकानगरका कृष्णप्रसाद बस्याल, तिलोत्तमा वडा नम्बर ८ चार नम्बरकी ३७ बर्षिय तुलसी बस्याल, रौतहट जिल्लाका २० वर्षीया दिनेश दास, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको प्रहरीले बताएको छ । घाइते मध्ये १६ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको भैरहवाको भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजनमा उपचार भइरहेको छ ।
बजेट निर्वाचन केन्द्रित ः लिङ्देन

बजेट निर्वाचन केन्द्रित ः लिङ्देन

Posted in Uncategorized, नेपाल
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनले ललिपपजस्तो मानिसहरूलाई भुल्याउने गरी बजेट आएको बताएका छन् । उनले आगामी आर्थिक वर्षको बजेट निर्वाचन केन्द्रित रहेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बुधबार भाग लिँदै अध्यक्ष लिङदेनले बजेटले जनताको जीवनमा परिवर्तन ल्याउने कुनै योजना प्रस्तुत गर्न नसकेको उल्लेख गरे । उनले बजेटले चर्को मूल्यवृद्धि रोक्ने, मुलुकको आर्थिक संकट समाधान गर्ने कुनै प्रयास नगरेको दावी गरेका छन्।
कांग्रेसमा एमाले जस्तै दम्भ पलाए ठेगान लगाउँछौं : प्रचण्ड

कांग्रेसमा एमाले जस्तै दम्भ पलाए ठेगान लगाउँछौं : प्रचण्ड

Posted in Uncategorized, ब्यानर, राजनीति, समाचार
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसमा अंकार चुलियो भने एमालेलाई जस्तै ठेगान लगाउने चुनौति दिएका छन् । पार्टीले उनले स्थानीय तहको चुनावमा पाएको सफलतासँगै कांग्रेस अहंकारी हुने हो कि भन्ने चिन्ता व्यक्त गरे । पार्टीको तर्फबाट देशभरका १२२ स्थानीय तहको प्रमुख तथा १२८ उपप्रमुखमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले कांग्रेसमा दम्भ भएमा मान्य नहुने बताए । ‘हामीले मिहिनेत गरेर प्रधानमन्त्री बनाएको हो, भइराख्नुस् भन्ने पनि छ । तर एमाले जस्तै अहंकार र दम्भ चुलिएर माओवादीलाई ठेगान लगाउने भन्यो भने हामीले पनि एमालेलाई जस्तो ठेगान लगाउन दिन नआओस् ।’ आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको, तर २०७४ को चुनावपछि एमालेले झै दम्भ, कांग्रेसले देखाए विद्रोह गर्नुको विकल्प नहुने उनले बताए । प्रचण्डले माओवादी सच्च