अक्सफोर्डमा खेल सप्ताह सुरू,६२५ विद्यार्थी प्रतिस्पर्धा गर्दै
Posted in लुम्बिनी प्रदेश, समाचार
स्वास्थ्यका लागि खेलकुद भन्ने नारासहित अक्सफोर्ड मा.वि बुटवलमा आजबाट खेल महोत्सव सञ्चालन भएको छ। सिद्देश्वरी खेल मैदानमा भएको खेलको उद्घाटन प्राध्यापक सुमन भुसालले गर्नुभएको थियो । उद्घाटन गर्दै प्राध्यापक भुसालले अक्सफोर्ड मा.वि विद्यार्थीहरुको चौतर्फी विकासको लागि लागिरहेको र यस्ता खेलकुदले खेलाडीहरूको क्षमता पहिचान गरि राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।
क्रिकेट क्षेत्रका नक्षत्र कुशल भुर्तेल र देव खनाल एवम् फुटवलमा सरोज दर्लामी र प्रितम कार्की पनि आफ्नै उत्पादन भएकोले अक्सफोर्डले खेलाडि समेत उत्पादन गरेको स्मरण गर्दै प्राध्यापक भुसालले नेपाली खेलाडिको समेत प्रशंसा गर्नुभयो।
खेल सप्ताहको पहिलो दिन विभिन्न विद्यामा प्रतिस्पर्धा भएको छ।छात्र सटपुटतर्फ सरिन धर्ती, रिजन राना, सौगात थापा,छात्रातर्फ किवी राना,आस्था रिजाल, रुस्मा अर्याल प्रथम द्वित











