Web Design In Nepal

समाचार

कांग्रेसमा एमाले जस्तै दम्भ पलाए ठेगान लगाउँछौं : प्रचण्ड

कांग्रेसमा एमाले जस्तै दम्भ पलाए ठेगान लगाउँछौं : प्रचण्ड

Posted in Uncategorized, ब्यानर, राजनीति, समाचार
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसमा अंकार चुलियो भने एमालेलाई जस्तै ठेगान लगाउने चुनौति दिएका छन् । पार्टीले उनले स्थानीय तहको चुनावमा पाएको सफलतासँगै कांग्रेस अहंकारी हुने हो कि भन्ने चिन्ता व्यक्त गरे । पार्टीको तर्फबाट देशभरका १२२ स्थानीय तहको प्रमुख तथा १२८ उपप्रमुखमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले कांग्रेसमा दम्भ भएमा मान्य नहुने बताए । ‘हामीले मिहिनेत गरेर प्रधानमन्त्री बनाएको हो, भइराख्नुस् भन्ने पनि छ । तर एमाले जस्तै अहंकार र दम्भ चुलिएर माओवादीलाई ठेगान लगाउने भन्यो भने हामीले पनि एमालेलाई जस्तो ठेगान लगाउन दिन नआओस् ।’ आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको, तर २०७४ को चुनावपछि एमालेले झै दम्भ, कांग्रेसले देखाए विद्रोह गर्नुको विकल्प नहुने उनले बताए । प्रचण्डले माओवादी सच्च
तिलोत्तमा १ को वडा कार्यालयमा सेवाग्राहीले ताला लगाए

तिलोत्तमा १ को वडा कार्यालयमा सेवाग्राहीले ताला लगाए

Posted in नेपाल, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, राजनीति, लुम्बिनी प्रदेश, समाचार
तिलोत्तमा- रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा तालाबन्दी भएको छ । कार्यालयमा जनप्रतिनिधि नभेटीदा अत्यावश्यक काम राकिएको भन्दै उनीहरुले ताला लगाएका हुन् । चौकिल्ला बनाउन तीन चार दिनसम्म वडा कार्यालय धाउँदा पनि वडाध्यक्ष फर्सुराम गिरिलाई नभेट्दा काम रोकिएको र आँफूहरुले ताला लगाएको सेवाग्राही चिरन्जीवी देवकोटाले बताए । शुक्रबार जाँदा कर्मचारीले सोमबारबाट काम हुन्छ भनेका थिए । सोमबार वडाध्यक्षको फोन मागेर सम्पर्क गर्न खोजें फोन काट्नुभयो । न वडाध्यक्ष भेटिनुभयो । न उहाँले कसैलाई कार्यवहाक दिनुभएको रहेछ । जनप्रतिनिधि नहुँदा हाम्रो काम केही पनि भएन । उनले भने । जनप्रतिनिधि आएर आफूहरुको काम भएमा मात्र ताला खोल्ने देबकोटाले बताए ।
बजेट भाषणमा के के समेटिए रुपन्देहीका योजना

बजेट भाषणमा के के समेटिए रुपन्देहीका योजना

Posted in Uncategorized, नेपाल, समाचार
बुटवल -आगामी आर्थिक वर्षको लागि बजेट बक्तव्यमा रुपन्देही जिल्लासँग सम्बन्धीत १९ वटा शिर्षक समेटिएको छ । ति मध्ये केही पहिलेदेखि नै बजेट छुट्टिएका योजना छन् । केही नयाँ छन् । कृषि तर्फ रुपन्देहीको कर्शाघाटमा कृषि उपज निर्यात बजार निर्माण कार्य सुरु गरिने उल्लेख छ । मोतिपुर औद्योगिक क्षेत्र निर्माण सुरु गर्ने र भैरहवाको सेजलाई पूर्ण रुपमा सञ्चालनको लागि बजेट विनियोजन भएको छ । भैरहवामा एकिकृत जाँच चौकीको निर्माण सुरु गर्ने पनि बजेट बक्तव्यमा उल्लेख छ । यात्रु चापलाई विश्लेषण गरी गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणको प्रकृया अगाडी बढाइने बताइएको छ । गौतमबुद्ध विमानस्थल बुद्ध जयन्तीबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको हो । स्वास्थ्य तर्फ बुटवल मेडिकल कलेज र लुम्बिनी प्रादेशीक अस्पतालबीचको सहकार्यमा मेडिकल कलेज स्थापना गर्ने बजेटमा उल्लेख छ । बुटवल मेडिकल कलेजको लागि शिल
दुई वर्ष भित्र तिलोराकोट विश्वसम्पदा सुचीमा सुचिकृत हुने

दुई वर्ष भित्र तिलोराकोट विश्वसम्पदा सुचीमा सुचिकृत हुने

Posted in Uncategorized, अर्थतंत्र, नेपाल, ब्यानर, राजनीति, लुम्बिनी प्रदेश, समाचार
आगामी २ वर्ष भित्रमा महामानव गौतमबुद्धको घर कपिलवस्तुको तिलौराकोट दरबार विश्व सम्पदा सूचिमा सुचिकृत हुने भएको छ । तिलौराकोटलाई विश्व सम्पदा सुचिमा लैजाने प्रक्रियाको विषयमा लुम्बिनीमा आयोजित सेमिनारले निष्कर्ष निकालेको हो । पुरातत्व विभाग, युनेस्को र लुम्बिनी विकास कोषको संयुक्त सेमिनारले गुरुयोजना बनाएर अगाडि बढ्ने निष्कर्षमा पुगेको छ । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्ने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा छलफल भएकोले सल्लाह र सुझाब अनुसार अगाडि बढेको पुरातत्व विभागका महानिर्देशक दामोदर सापकोटाले बताए । दुई दिने सेमिनारमा विज्ञहरुले आफ्नो राय पेश गरेकोले सोही आधारमा काम अगाडि बढ्ने महानिर्देसक सापकोटाले बताए । तिलौराकोटको कृषि, पर्यटन र स्थानीय उत्पादनको चिजवस्तुलाई प्रोत्साहन हुने गरी गुरुयोजनामा समावेश गर्ने र पुरातत्वलाई प्रतिवेदन पेस गर्ने गरी काम अगाड
छोटो समयमा लाखौँ दर्शकको नजरमा “डाडा घरे साइली” हेरौ (भिडियो सहित)

छोटो समयमा लाखौँ दर्शकको नजरमा “डाडा घरे साइली” हेरौ (भिडियो सहित)

Posted in ब्यानर, मनोरंजन, समाचार, साहित्य
काठमाण्डौ।सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गितले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गित लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गितहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्ला पल्ट धेरै गितहरु बजारमा आइनै रहेको पाइन्छ। माया प्रेम दुख वेदनाका गित पनि बजारमा उकालो लागिरहेका छन्। रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् । यतिबेला, लोकप्रिय गायक तथा संगितकार श्रीकृष्ण वम मल्लको संगितमा स्वरुपराज आचार्य र लक्ष्मी मल्लको अवाजमा “डाडा घरे साइली” बोलको गित आफ्नो मन युटुव च्यानलवाट बजारमा आएर गि
बाढीका कारण युरोपेली मुलुकमा मृत्यु हुनेको संख्या १७० पुग्यो

बाढीका कारण युरोपेली मुलुकमा मृत्यु हुनेको संख्या १७० पुग्यो

Posted in अर्थतंत्र, ऋणपत्र, बैंक, ब्यानर, समाचार, सुचना, स्वास्थ्य
एजेन्सी । पश्चिम युरोपमा भारी वर्षासँगै आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या १७० पुगेको छ । ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बाढीका कारण सबैभन्दा धेरै जर्मनी र बेल्जियममा असर परेको छ । ज्यान गुमाउने १७० जनामध्ये १४३ जना जर्मनीका नागरिक रहेका खबरमा उल्लेख छ । बाढीका कयौँ नागरिक हराइरहेका छन् । उनीहरुको उद्धारकर्ताहरूले खोजी गरिरहेका छन् । जर्मन चान्सलर एन्जेला मर्केलले आज बाढी प्रभावित क्षेत्रको अवलोकन र निरीक्षण गर्ने बीबीसीले जनाएको छ । बेल्जियममा सेनाले राहत र उद्धारको काम गरिरहेको छ । बेल्जियममा आउँदो ६ गते राष्ट्रिय शोकको घोषणा गरिएको छ । भारी वर्षासँगै आएको बाढीका कारण जर्मनी र बेल्जियमसँगै नेदरल्याण्ड्स, लग्जम्बर्गसहितका देश पनि प्रभावित भएका छन् । युरोपका नेताहरुले जलवायु परिवर्तनका कारण यस्तो विपद् आएको बताएका छन् । विज्ञले जलवायु परिवर्तनकै कारण ठू
आज जनकपुर-जयनगर रेलको ट्र्याकको गति परीक्षण गरिने

आज जनकपुर-जयनगर रेलको ट्र्याकको गति परीक्षण गरिने

Posted in अर्थतंत्र, बैंक, ब्यानर, राशिफल, विचार, शेयर बजार, समाचार, साहित्य
धनुषा । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम हुनेछ । उहाँले भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्र्याक स्पिड’ परीक्षण गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ट्र्याक स्पिड परीक्षण रेल सेवा सञ्चालन गर्नुपूर्वको महत्वपूर्ण प्रक्रिया हो । स्पिड परीक्षण गर्दा रेलको स्पिड १२० किमी प्रतिघण्टा हुने भएकाले रेल्वे ट्र्याकमा सुरक्षा महत्वपूर्ण हुन्छ ।” महाप्रबन्धक भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आज रेल्वे ट्र्याक वरपरका आम नागरिकलाई ट्र्याकमा मान्छे, गाई, भैँसी चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछाड्
एनआरएनएको १०औँ साधारणसभा कात्तिकमा हुने

एनआरएनएको १०औँ साधारणसभा कात्तिकमा हुने

Posted in अंग्रेजी, आइपियो, खेलकुद, गण्डकी प्रदेश, बोनस, ब्यानर, विदेश, समाचार, साधारण सभा, सुचना, स्वास्थ्य
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा आगामी कात्तिकमा हुने भएको छ । शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले अक्टोबर २३–२५ ९२०७८ कात्तिक ६–८० मा सङ्घको साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ । अध्यक्ष पन्तका अनुसार बैठकले आगामी निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गर्दै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्कसमेत शून्य कायम गरिएको छ । यसअघि निर्वाचनमा भाग लिने प्रतिनिधिले सङ्घले तोकेको शुल्क तिर्नुपर्ने प्रावधान थियो । यस्तै बैठकले निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिएबमोजिमकै कायम गर्ने निर्णय गरेको पन्तले बताउनुभयो । बैठकले गैरआवासीय नेपाली सङ्घको निर्वाचनसम्बन्धी नियमावली, एनआरएन फाउण्डेशन, आर्थिक नियमावलीलगायतका विभिन्न १९ न
प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

Posted in अंग्रेजी, अर्थतंत्र, आइपियो, ऋणपत्र, गण्डकी प्रदेश, टेक्नोलोजी, बोनस, विचार, विज्ञान र प्रबिधि, विदेश, समाचार, साहित्य, सुचना, सुदूरपश्चिम प्रदेश, स्वास्थ्य, हकप्रद शेयर
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने तयारी गर्नुभएको छ । सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ । सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिर्छ । एमाले र जनता समाजवादी पार्टी (जसपा) मा विवाद चलिरहेकाले विश्वासको मत लिने हतार नगर्ने कांग्रेस नेताहरुले बताएका थिए । तर एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षले स्थायी कमिटी बैठक राखेर विश्वासको मत नदिन सांसदहरुलाई निर्देशन दिएपछि शनिबार एकाकाए नयाँ निर्णय भएको छ । कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आज बस्ने संसद बैठकमै विश्वासको मत लिने तयारी छ ।
रु ५० हजारले शुरु गरेको व्यवसायबाट मासिक दुई लाख आम्दानी गर्दै दीपेश

रु ५० हजारले शुरु गरेको व्यवसायबाट मासिक दुई लाख आम्दानी गर्दै दीपेश

Posted in अंग्रेजी, अर्थतंत्र, आइपियो, ऋणपत्र, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, प्रदेश १, प्रदेश २, बजार, बागमती प्रदेश, बैंक, बोनस, ब्यानर, मनोरंजन, म्युचल फण्ड, राजनीति, राशिफल, रोचक, रोजगार, लुम्बिनी प्रदेश, विचार, विज्ञान र प्रबिधि, विदेश, शेयर बजार, समाचार, साधारण सभा, साहित्य, सुचना, सुदूरपश्चिम प्रदेश, स्वास्थ्य, हकप्रद शेयर
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ पिपलटारका युवा व्यवसायी दीपेशचन्द्र लामाले अहिले मासिक रु दुई लाखसम्म आम्दानी गरिरहनुभएको छ । करिब रु एक करोड लगानीमा दुई वर्षदेखि शुरु गरेको कृषि तथा पशुपालन व्यवसायबाट उहाँ मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । उहाँले बाख्रापालनसँगै घरमा धान कुट्ने र पिठो पिस्ने मिल जडान गर्नुका साथै भैँसी, गाई र तरकारी खेतीका लागि टनेल (प्लाष्टिक घर) निर्माण गरी विभिन्न थरीका तरकारी उत्पादन र बिक्री गर्दै आइरहनुभएको छ । एलिस्का कृषि फार्म दर्ता गरी सञ्चालन गरेको व्यवसायमा १० जनाले रोजगारीसमेत पाएका छन् । बाख्रा, भैँसी र गाईका लागि आवश्यक पर्ने दाना सबै आफँैले उत्पादन गरिरहेको लामाले बताउनुभयो । अहिले टनेलभरि गोलभेँडा फलाइरहनुभएका उहाँले छुट्टाछुट्टै कामका लागि त्यहीअनुसार कामदार खटाइरहनुएको छ । फलाएको तरकारी स्थानीय बजारमा नै बिक्री हुने, बढी भएको र सिजनमा फलेको बेल