Author: Parbati Neupane
तिलोत्तमा वडा ४ वडा सन्जालको साधारण सभा तथा अधिवेशन सम्पन्न ।
Posted in साधारण सभा
असार , २९ । तिलोत्तमा नगरपालिका वडा नम्बर ४ वडास्तरीय टोल विकास संस्था सञ्जालको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले बसन्त गोदारको संयोजकत्वमा सात सदस्य समिति गठन गरेको छ। जसको उपसंयोजकमा विष्णुमाया भण्डारी सचिवमा पार्वती न्यौपाने कोषाध्यक्षमा कमला धमला सदस्यहरुमा मिना क्षेत्री ,माया बिक लक्ष्मी कार्की र पूर्णप्रसाद पौड्याललाई चयन गरेको छ। साधारण सभामा संजालका अध्यक्ष कोष बहादुर बस्नेतले वार्षिक प्रतिवेदनसमेत प्रस्तुत गर्नुभएको थियो। वडा नम्बर ४ का कार्यवाहक अध्यक्ष रम्भादेवी घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा निवर्तमान अध्यक्ष दिवाकर ढकाल जनप्रतिनिधिहरू हरिमाया नेपाली गोविन्द श्रेष्ठ मित्रलाल न्यौपाने समाजसेवी श्याम केसी लगायत वडा नम्बर ४ अन्तर्गत रहेका ११ वटा टोल विकासका अध्यक्ष तथा प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। विशिष्ट अतिथि दिवाकर
सिमताल दुर्घटना
Posted in Uncategorized
दु:खद 🥲🥲 : बसको झ्यालबाट हामफालेका यात्रुको बयान- म त बाँचेँ, सँगैका साथी बेपत्ता भए !
काठमाडौंबाट रौतहटको गौर गईरहेको गणपती डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोले बगाउँदा तीन जना यात्रुले हामफालेर ज्यान जोगाउन सफल भएका छन । ती मध्येका १ को बयान ।
ब्राइट लुम्बिनीको ११ औँ वार्षिक उत्सव अनाथ बालबालिका सङ्ग
Posted in Uncategorized
असार १२,
प्रदेशमै उत्कृष्ट पहिचान बनाउन सफल भएको ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनले कपिलवस्तु बाल गृहका बालबालिका सङ्ग आफ्नो ११ औँ वार्षिक उत्सव मनाएको छ । सेन्टरका प्रमुख अशिम कडेल क्षेत्री सङ्गै कर्मचारी र विद्यार्थीहरुले बाल गृहमा खाद्य सामाग्री, फलफुल वितरण गरेर वार्षिक उत्सव मनाएको हो ।
कार्यक्रममा बोल्दै सेन्टरका प्रमुख क्षेत्रीले आफुहरु उच्च शिक्षाको लागि विदेशमा जाने विद्यार्थीको सहयात्री मात्र नभएर अनाथ बालबालिकाको पनि सहयोगी बन्न खोजेको बताउनुभयो । विगतमा पनि यस्ता सामाजिक कार्यमा सक्रिय रहेको भन्दै आगमी दिनमा पनि यस्ता कार्यलाई सेन्टरले प्राथमिकतामा राख्ने बताउनुभयो ।
खाद्यन्न तथा फलफुल ग्रहण पछि बालबालिका तथा बाल गृह प्रशासनले सेन्टरलाई धन्यवाद दिदै यस्ता उत्सवका कार्यमा सबैले यसरी सहयोग गरे अनाथ बालबालिकाको लागि धेरै ठुलो सहयोग हुने बताएका थिए ।
लुम्बिनी लर्नीङ्ग को नाम
SEE रिजल्ट प्रकासनकाे पुर्व सन्ध्यामै अक्सफोर्डमा विद्यार्थीहरूकाे चाप,अभिभावककाे भावना सम्वाेधन गर्ने भुसालको भनाइ ।
Posted in Uncategorized
बुटवल ।
अब १/२ दिनमा एसईईको रिजल्ट आउंने राष्ट्रिय परीक्षा बाेर्डले बताएको छ । एसईईको रिजल्टपछि विद्यार्थीहरु प्लस टु पढाई हुने शिक्षण संस्थामा भर्ना हुनुपर्छ । तर विद्यार्थीहरु एसईईको रिजल्ट नआउंदै आफू कहां पढ्दा राम्रो होला भनेर राम्रा शिक्षण संस्थाबारे बुझ्दै भर्ना हुने प्रकृयाबारे जानकारी लिन थालिसकेका छन् ।त्यसै मध्येकाे सबैभन्दा बढि विद्यार्थीकाे राेजाईमा परी चाप हुने संस्था हाे अक्सफोर्ड मा वि बुटवल । म्यानेजमेन्ट ,शिक्षाशास्त्र तथा विज्ञान संकायमा पढाई हुने बुटवलकाे अक्सफोर्ड मा.वि केही बर्ष यता सबै तहमा उत्कृष्ट रिजल्ट ल्याए सङ्गै सबै वर्गका विद्यार्थीको मुख्य रोजाई बन्दै आएको छ । अझ कक्षा ११ र १२ लागि अक्सफोर्ड देशकै अग्रपंक्तिमा आउने गरेको शिक्षाविद्हरू बताउने गरेका छन्।
एसईई दिएर रिजल्टको पर्खाइमा बसेका विद्यार्थीहरु अक्सफोर्डमा पढाई हुने विषयहरु,मासिक शुल्क, छात्रवृत्ति तथ
SEE रिजल्ट प्रकासनकाे पुर्व सन्ध्यामै अक्सफोर्डमा विद्यार्थीहरूकाे चाप,अभिभावककाे भावना सम्वाेधन गर्ने भुसालको भनाइ ।
Posted in Uncategorized
बुटवल ।
अब १/२ दिनमा एसईईको रिजल्ट आउंने राष्ट्रिय परीक्षा बाेर्डले बताएको छ । एसईईको रिजल्टपछि विद्यार्थीहरु प्लस टु पढाई हुने शिक्षण संस्थामा भर्ना हुनुपर्छ । तर विद्यार्थीहरु एसईईको रिजल्ट नआउंदै आफू कहां पढ्दा राम्रो होला भनेर राम्रा शिक्षण संस्थाबारे बुझ्दै भर्ना हुने प्रकृयाबारे जानकारी लिन थालिसकेका छन् ।त्यसै मध्येकाे सबैभन्दा बढि विद्यार्थीकाे राेजाईमा परी चाप हुने संस्था हाे अक्सफोर्ड मा वि बुटवल । म्यानेजमेन्ट ,शिक्षाशास्त्र तथा विज्ञान संकायमा पढाई हुने बुटवलकाे अक्सफोर्ड मा.वि केही बर्ष यता सबै तहमा उत्कृष्ट रिजल्ट ल्याए सङ्गै सबै वर्गका विद्यार्थीको मुख्य रोजाई बन्दै आएको छ । अझ कक्षा ११ र १२ लागि अक्सफोर्ड देशकै अग्रपंक्तिमा आउने गरेको शिक्षाविद्हरू बताउने गरेका छन्।
एसईई दिएर रिजल्टको पर्खाइमा बसेका विद्यार्थीहरु अक्सफोर्डमा पढाई हुने विषयहरु,मासिक शुल्क, छात्रवृत्ति तथ
तिलोत्तमा वडा -४ मा ७ दिने ब्यायम कार्यक्रम सम्पन्न ।
Posted in जानकारी
पार्वती न्यौपाने ।असार , ८ तिलोत्तमा ।तिलोत्तमा वडा नम्बर ४ ले जनप्रतिनिधि कर्मचारि ,टोल विकास का प्रतिनिधि लगायत स्थानिय लाइ लक्षित गरि सुरु गरेको ७ दिने ब्यायम कार्यक्रमको शनिवार समापन गरेको छ ।समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष हरि बहादुर क्षेत्री ले ब्यायम ले शारिरिक सङै मानसिक स्फुर्ति बढाउने भएकोले निरन्तरता दिनुपर्ने मा जोड दिनुभयो । जनज्योति क्लबको खेल मैदानमा भएको ब्यायम मा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाण सहित एक हप्ता सम्मै स्थानियको उल्लासमय सहभागिता रहेको र यसले सामाजिक सदभावना समेत बढाएको अनुभुति गरेको वडा कार्यलयका सचिव काशिराम ज्ञवाली ले बताउनु भयो । वडा सदस्य मित्रलाल न्यौपाने , रम्भा घिमिरे लगायतले बोल्नु भएको कार्यक्रममा वडा सदस्य गोविन्द श्रेष्ठ ,हरिमाया नेपालि विभिन्न टोल विकासका अध्यक्ष लगायत को उपस्थिति रहेको थियो । मुकेश गुरुङले दिनुभएको प्रशिक्षण प्रभावक
बुटवलमा उपमहानगरस्तरीय अन्तर वडा प्रथम लोक भजन प्रतियोगिता सम्पन्न
Posted in Uncategorized
पार्वती न्यौपाने
जेष्ठ २८, बुटवल
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशद्वारा आयोजित नगरस्तरीय अन्तर वडा प्रथम लोक भजन प्रतियोगिता २०८१ बुटवल उपमहानगरपालिका वडा नम्बर ५ ले जितेको छ । बुटवल उपमहानगरपालिकाको मुख्य प्रवर्धनमा प्रतिष्ठान रूपन्देहीको सहयोजना सम्पन्न अन्तरवडा प्रतियोगितामा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले लोक संस्कृतिको जगेर्ना हेतु यस्ता कार्यक्रम गरिरहनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दीपु मगरको अध्यक्षता तथा सचिव योगराज पोखरेलको सञ्चालनमा भएको प्रतियोगितामा वडा नम्बर १२ द्वितीय , वडा नम्बर ७ तृतीय र वडा नम्बर २ ले प्रोत्साहन भएका छन । विजेताहरुले क्रमश ४०००० , २५०००.,२१०००,१५००० नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । उपमहानगरका १४ वडाहरूको सहभागिता रहेको प्रतियोगिताको
विश्व वातावरण दिवसको अवसर मा तिलोत्तमा पार्कमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न
Posted in Uncategorized
पार्वती न्यौपाने । जेठ २३ ,
तिलोत्तमा । विश्व वातावरण दिवस को अवसर मा बुधवार तिलोत्तमा नगरपालिकाको सहकार्यमा तिलोत्तमा पार्क तथा नव जिवन क्लव तिलोत्तमा ६ को सयुक्त्त आयोजना मा वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न भएकोछ । हाम्रो भुमि हाम्रो जिवन नारा रहेको विश्व वातावरण दिवसका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख रामकृष्ण खाडले वातावरण को संरक्षणले मानविय जिवनमा प्रत्यक्ष प्रभाव पार्ने र सरदर आयु समेत बढ्न सक्ने भन्दै सवैलाइ एकजुट प्रकृति को उचित प्रयोग मा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख जगेश्वर देवि चौधरिले तिलोत्तमा नगरपालिका हरित नगरपालिका को योजनामा अगाडि बढेको र यस योजनामा तिलोत्तमा पार्क र नवजिवन क्लव जस्तै सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।
वृहत् वृक्षरोपण कर्यक्रममा १२५ वटा फलफुल तथा ५७५ वटा फुलका विरुवा रोपिएको पार्कका अध्यक्ष दिपक
एमाले अर्घाखाँचीको सचिवमा दार्शनिक नेता श्रीकृष्ण भुसालकाे दाबी ।
Posted in Uncategorized
जेष्ठ २१
नेकपा एमाले अर्घाखाँचीको दशौं जिल्ला अधिवेशन यही जेष्ठ २६ र २७ मा सन्धिखर्कमा आयोजना गरिएको छ। सो सन्धर्वमा आज पार्टीले जिल्लाका विभिन्न मीडिया आवद्ध पत्रकारहरुको बीचमा अधिवेशनको लोगों सार्वजनिक गरेको छ। लोगों सार्वजनिक भए लगत्तै एमाले नेताहरुले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् ।
यसै बिचमा सचिव पदमा श्रीकृष्ण भुसालले आफूलाई प्रस्तुत गरेको बुझिएको छ। उनी एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष, जिल्ला निर्वाचन विभाग प्रमुख र बुद्धिजीवी परिषदका इन्चार्ज समेत हुन्। भौतिक विज्ञानमा स्नातकोत्तर र शिक्षा शास्त्रमा स्नातक उनी जिल्लाका प्रबुद्ध शैक्षिक व्यक्तित्व समेत हुन्। सन्धिखर्कको पार्टीलाई सुव्यवस्थित रुपमा प्रभावकारी रुपमा संचालन गर्दै उनले आफ्नै नेतृत्वमा नगरमा प्रमुख र उपप्रमुख लगायतको एमाले सेटलाई विजयी गराएका थिए भने संघ र प्रदेशको निर्वाचनमा समेत जिल्ला निर्वाचन विभागको नेतृ



