इडनमा पुरस्कार वितरण तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न ।
Posted in Uncategorized
चैत २९, बुटवल्।
इडन इङ्गलिस बोर्डिङ्ग स्कुल वुटवल-११, नहरपुरमा नतिजा प्रकाशन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम एक समारोहका बिच सम्पन्न भएको छ। विद्यालयका प्राचार्य शिवहरी भट्टराईको अध्यक्षता,अभिभावक संघ नेपालका केन्द्रिय सदस्य लोकनाथ ज्ञवालीको प्रमुख आतिथ्यता तथा जनप्रतिनिधि नकुल शाही ठकुरीको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सन्चालन विद्यालयका उप-प्राचार्य कुशल वस्यालले गर्नुभएको थियो। कार्यक्रममा १०+२ अध्यापकहरुलाई शत प्रतिशत नतिजाका लागि सम्मान गरिएको थियो भने अन्य शिक्षक तथा कर्मचारीहरूलाई उत्कृष्ट कार्य सम्पादनको लागी सम्मान गरिएको हो। प्रत्येक कक्षाका प्रथम, द्वितीय र तृतिय सहित जि.पि.ए. ४ प्राप्त गर्ने विद्यार्थीहरु तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्ञवालीले इडन स्कुलले बुटवल क्षेत्रमै उत्कृष्ट











