बुटवल ग्लोरि मा कक्षा ११ का विद्यार्थीलाई स्वागत , होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीले नै पकाए परिकार ।
Posted in Uncategorized
मङसिर २४, पारु न्यौपाने । बुटवल बेलबासमा रहेको बुटवल ग्लोरी स्कुलले नौलो तरिकाले कक्षा ११ का विधार्थिहरुलाइ स्वागत गरेको छ। बुटवल ग्लोरी स्कुलले विद्यालयको हलमा होटल म्यानेजमेन्ट अध्ययन गर्ने कक्षा १२ का विद्यार्थीहरू द्वारा नै तयार गरिएको खाना खुवाएर कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ। कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता कक्षा १२ कि छात्रा प्रविना कुँवरले गर्नुभएको थियो। शिक्षा समिति संयोजक चुन्नुप्रसाद पौड्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालयका प्राचार्य शंकरप्रसाद गौतम प्लस टू कोअर्डिनेटर सञ्जय शर्मा , धुर्व आचार्य , यमलाल पौडेल , आकाश विश्वास , पारु न्यौपाने , शुशिल ज्ञवाली लगायत शिक्षकहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि पौड्यालले असल र अनुशासित शिक्षाका लागि पढ्ने र पढाउने दुवैको भू











