ईडन इङ्लिस बोर्डिङ स्कुलमा असार १५ को अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
Posted in जानकारी
बुटवल ११ नहरपुरस्थित इडन इङ्लिस बोर्डिङ स्कुलले असार १५ को अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। ईडन स्काउट र नेपाल युवा रेडक्रस सर्कल इडन माविको आयोजनामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो। असार १५ को अवसर पारी आयोजित उक्त कार्यक्रममा शिक्षक कर्मचारी र विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो। विद्यालय परिसरमा सरसफाई समेत गरी उक्त क्षेत्रमा विभिन्न फलफुलका बिरुवाहरू रोपिएको कार्यक्रम संयोजक कुशल बस्यालले बताउनुभयो। कार्यक्रममा विद्यालयका प्राचार्य शिवहरी भट्टराईले विद्यालयले विभिन्न सामाजिक तथा वातावरणीय संरक्षणका कार्यहरू गर्दै आएको र त्यसैलाई ध्यान दिँदै सो कार्यक्रम समेत आयोजना गरिएको उल्लेख गर्नुभयो विद्यार्थीहरूमा व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयले विभिन्न समयमा यस्तै प्रकारका कार्यक्रमहरू आयोजना गर्दै आएको छ। पिजीदेखि कक्षा १२ सम्म अध्ययन अध्यापन











