अक्स्फोर्डमा खेल सप्ताह सुरु ।
Posted in Uncategorized
पारु न्यौपाने,
अक्स्फोर्ड माध्यमिक विद्यालयमा खेलकुद सत्र २०८१/८२ अन्तर्गतको खेल सप्ताह कार्यक्रम आरम्भ भएको छ। कार्यक्रमको उद्घाटन विद्यालयका प्राचार्य दिनेश भुषाल र सहप्राचार्य सुमन भुसालले गर्नुभएको थियो भने उद्घाटन सत्रमा बोल्दै प्राचार्य भुसालले अक्सफोर्डमा हुने यस्तै शैक्षिक तथा खेलकुद गतिविधिले नै आज अक्सफोर्डले हरेक क्षेत्रमा फड्को मार्न सफल भएको बताउनुभयो । विद्यार्थीभित्र रहेको प्रतिभा स्थानीय स्तरबाट नै प्रस्फुटन गराउने उद्देश्यका साथ हरेक वर्ष यसैगरी भव्य रुपमा खेल सप्ताह आयोजना गरिने विद्यालयका सहप्राचार्य सुमन भुसालले बताउनुभयो । खेल सप्ताहलाई प्रभावकारी बनाउनको लागि हरेक वर्ष प्रत्येक खेलका लागि छुट्टाछुट्टै संयोजकहरू तोकेर खेल सञ्चालन गरिने व्यवस्थापन विभाग प्रमुख बालकृष्ण पोखरेलले जानकारी दिनुभयो। आज भएको खेल सप्ताहको उद्घाटन सत्रमा अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल बि











