अक्सफोर्ड मा.वि बुटवलमा कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत तथा तिज मीलन कार्यक्रम सम्पन्न ।
Posted in Uncategorized
श्रावण २
पार्वती न्यौपाने रूपन्देही,
अक्सफोर्ड माध्यमिक विद्यालय बुटवल कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का नवआगन्तुक बिहानी तथा दिवासत्रका विद्यार्थीहरूलाई स्वागत गरेका छन्। कक्षा १२ कि भावना थापा र एलिना थापाकाे अध्यक्षता तथा बुटवल उप महानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालको प्रमुख आतिथ्यतामा स्वागत तथा तिज पुनर्मिलन कार्यक्रम भएको हो ।
कक्षा ११ विज्ञान, व्यवस्थापन तथा शिक्षाशास्त्र संकायमा भर्ना भएका ६५० जना विद्यार्थीहरूलाई टिका तथा खादा लगाएर सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले अक्सफोर्ड मावि बुटवलको मात्र नभई राष्ट्रकै उत्कृष्ट भएको हुँदा संस्थापक तथा प्राध्यापकहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
अर्यालले बुटवलनगर शिक्षाको हव भएको हुदा काठमाडौंबाट बुटवलमा विद्यार्थी पढन आउने वातावरण बनाउन स











