Web Design In Nepal

Author: Parbati Neupane

हाम्रो छत्रकाेट पाठ्यक्रम सार्वजनिकीकरण तथा सम्मान कार्यक्रम सम्पन्न

हाम्रो छत्रकाेट पाठ्यक्रम सार्वजनिकीकरण तथा सम्मान कार्यक्रम सम्पन्न

Posted in Uncategorized
२१ जेठ २०८० स्थानीय पाठ्यक्रम ''हाम्रो छत्रकाेट'' सार्वजनिकीकरण एवम् विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ । स्थानीय पाठ्यक्रम ''हाम्रो छत्रकाेट'' (कक्षा १- ८) काे छत्रकाेट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले सार्वजनिकीकरण गर्नुभयो । उक्त अवसरमा आधारभूत तह तथा मावि तहमा उत्कृष्ट जिपिए प्राप्त गरेका सयभन्दा बढी विद्यार्थीहरूलाई सम्मान गरिएकाे छ । पाठ्यक्रम निर्माणमा सहयोग गर्ने व्यक्तित्वहरू उत्तरकुमार पराजुली, डा. टङ्क पन्थ, डा.नारायणप्रसाद पन्थ समेतलाई सम्मान गरिएकाे छ। कार्यक्रममा पालिका अध्यक्ष रामप्रसाद पाण्डेले सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । नेपालकाे संविधानले व्यवस्था गरेको जिम्मेवारी अनुसार पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा लैजान सफल भएकोले यो ऐतिहासिक दिन रहेको विचार व्यक्त गर्नुभयो । ३.२ जिपिएभन्दा माथि नतिजा ल्याउने विद्यार्थी तथा पाठ्यक्रम नि
एमाले अर्घाखाँचीको सचिवमा दार्शनिक नेता श्रीकृष्ण भुसालकाे दाबी ।

एमाले अर्घाखाँचीको सचिवमा दार्शनिक नेता श्रीकृष्ण भुसालकाे दाबी ।

Posted in Uncategorized
जेष्ठ २१ नेकपा एमाले अर्घाखाँचीको दशौं जिल्ला अधिवेशन यही जेष्ठ २६ र २७ मा सन्धिखर्कमा आयोजना गरिएको छ। सो सन्धर्वमा आज पार्टीले जिल्लाका विभिन्न मीडिया आवद्ध पत्रकारहरुको बीचमा अधिवेशनको लोगों सार्वजनिक गरेको छ। लोगों सार्वजनिक भए लगत्तै एमाले नेताहरुले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् । यसै बिचमा सचिव पदमा श्रीकृष्ण भुसालले आफूलाई प्रस्तुत गरेको बुझिएको छ। उनी एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष, जिल्ला निर्वाचन विभाग प्रमुख र बुद्धिजीवी परिषदका इन्चार्ज समेत हुन्। भौतिक विज्ञानमा स्नातकोत्तर र शिक्षा शास्त्रमा स्नातक उनी जिल्लाका प्रबुद्ध शैक्षिक व्यक्तित्व समेत हुन्। सन्धिखर्कको पार्टीलाई सुव्यवस्थित रुपमा प्रभावकारी रुपमा संचालन गर्दै उनले आफ्नै नेतृत्वमा नगरमा प्रमुख र उपप्रमुख लगायतको एमाले सेटलाई विजयी गराएका थिए भने संघ र प्रदेशको निर्वाचनमा समेत जिल्ला निर्वाचन विभागको नेतृ
एमाले अर्घाखाँचीको प्रतिनिधि छनौट सम्पन्न । युवा र पुराना नेताहरुको आर्कषण गैरेमा

एमाले अर्घाखाँचीको प्रतिनिधि छनौट सम्पन्न । युवा र पुराना नेताहरुको आर्कषण गैरेमा

Posted in Uncategorized
नेकपा एमाले अर्घाखाँचीको नंवौ जिल्ला अधिवेशनको लागि जिल्लाका ६१ ओटै वडामा प्रतिनिधि छनौट सम्पन्न भएको नेकपा एमाले अर्घाखाँचीले जनाएको छ ।यसपालि छनौट भएका प्रतिनिधिहरुको आर्कषण नेकपा एमालेका युवा नेता प्रेमनारायण गैरेमा देखिएको छ । युवाहरुकामाझ निकै चर्चित रहेका गैरे अर्घाखाँचीका लोकप्रिय युवा नेता हुन गैरेलाई आगामी नंवौ जिल्ला अधिवेशनमा नेतृत्वमा स्थापित गर्नको लागि युवाहरु सँगसँगै पुराना र अग्रज नेताहरुको पनि साथ र समर्थन रहेको छ ।   बिद्यार्थी राजनीतिबाट राजनीतिक जीवन प्रारम्भ गरेका गैरे अनेरास्ववियुको जिल्ला अध्यक्ष हुदै केन्द्रिय सदस्य पाणिनी वहुमुखी क्याम्पसको स्ववियु सभापित समेत भएका थिए ।  २०६२/२०६३ सालको जनआन्दोलनमा युवा र विद्यार्थीको नेतृत्व गैरेले नै गरेका थिए ।   नेकपा एमाले अर्घाखाँचीको सातौ अधिवेशनमा चेतनारायण आचार्य अध्यक्ष निर्वाचित हुदा पदाधिकारीमा सवैभन्दा धेरै मतका स
श्री शान्ति दुर्गा मन्दिरमा धार्मिक हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

श्री शान्ति दुर्गा मन्दिरमा धार्मिक हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

Posted in Uncategorized
तिलोत्तमा, जेष्ठ १९ .रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको सहजीकरणमा सामुदायिक तथा संस्थागत माध्यामिक विद्यालय स्तरिय धार्मिक हाजिरीजवाफ प्रतियोगिता– सम्पन्न भएको छ ।विद्यार्थीहरुमा धार्मिक जनजागरण र संस्कृति चेतना गराउने उदेश्यले तिलोत्तमा वडा नम्बर ६ को व्यवस्थापन तथा शान्ति दुर्गा मन्दिरको आयोजनामा भएको धार्मिक हाजिरीजवाफ प्रतियोगिताको उपाधि गृवाण माविले हात पारेको छ। तेस्तै दोस्रो स्थान स्मृति बोर्डिङ स्कुल तेस्रो जनज्योती मा बि र प्यारामाउन्ट मा बि प्रोत्साहन हुन सफल भएका हुन । संस्कृत पढाई हुने बिद्यालय बाहेकका माध्यामिक स्तरका विद्यालयको सहभागिता रहेको सो प्रतियोगितामा प्रथम हुनेले नगद रु १२ हजार दोस्रोले रु ९ हजार, तेस्रो हुनेले ६ हजार र प्रोत्साहन हुनेले नगद रु ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेको शान्ति दुर्गा मन्दिरका अध्यक्ष शिव पाठकले बताए। तिनपा -६ का अध्यक्ष गणेश पाठक को
बुटवल कस्मेटिक वितरक संघ द्वारा जुम्बा फिटनेस कार्यक्रम सम्पन्न ।

बुटवल कस्मेटिक वितरक संघ द्वारा जुम्बा फिटनेस कार्यक्रम सम्पन्न ।

Posted in Uncategorized
जेष्ठ १९, बुटवल कस्मेटिक वितरक सङ्घले एक दिने जुम्बा फिटनेस कार्यक्रम सम्पन्न गरेको छ। व्यावसायिक व्यस्तताले गर्दा स्वास्थ्यमा असर पर्न सक्ने भन्दै जुम्बा फिटनेस कार्यक्रममा आयोजना गरिएको संघका अध्यक्ष कल्पना शर्माले बताउनुभयो। बुटवलका सम्पूर्ण कस्मेटिक व्यापारी बजार प्रतिनिधि र अन्यलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक मोतीलाल काफ्लेले बताउनुभयो। उनीकरिब ७५ जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन संघका सचिव जीवन काफ्लेले गर्नुभएको थियो। भने कार्यक्रममा प्रशिक्षण जुम्बा फिटनेस प्रशिक्षक श्री चन्दा गौतमले दिनुभएको थियो।

तिलोत्तमा ६ शान्ती दुर्गा मन्दिरमा धार्मिक हाजिरिजवाफ प्रतियोगिता हुने

Posted in जानकारी
पार्वती न्यौपाने, जेठ १६, तिलोत्तमा । विद्यार्थीहरुमा मौलिक सनातन धर्म संस्कृतिप्रती चेतना जगाउने उद्देश्यले तिलोत्तमा–६ को व्यवस्थापन र शान्ती दुर्गा मन्दिरको आयोजनामा तिलोत्तमा नगरमा माध्यामिक विद्यालयस्तरीय धार्मिक हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ । तिलोत्तमा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको सहजिकरण्माा जेठ १९ गते शनिवार नगरभित्रका सामुदायिक तथा सस्थागत विद्यालयबाट अनिवार्य तथा ऐच्छिक संस्कृत बिषय बाहेकका कम्तिमा एक छात्रा सहित ३ जनाको समुह सहभागी गराई प्रतियोगिता गरिने आयोजक संस्थाले जनाएको छ । दुर्गामन्दिरकै हलमा गरिने प्रतियोगितामा प्रथमलाई १२००० द्वितीयलाई ९००० तृतीय हुनेलाई ६००० र प्रोत्साह हुनेलाई ३००० नगद तथा प्रमाणपत्र प्रदान गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिव पाठकले जानकारी दिनुभयो ।

लायन्स क्लव अफ बुटवल युथ ले गरेयो दृष्ट्रीविहिन हरुका लागि कार्यक्रम

Posted in जानकारी
जेठ ,१४- बुटवल लायन्स क्लब अफ बुटवल युथ ले सोमबार बुटवलमा दृष्टीविहिन सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । फरक क्षमता भएका व्यक्ति हरु को प्रतिभालाइ उजागर गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष नेमत अलिले बताउनु भयो । डिष्ट्रीक गभर्नर लायन्स अर्जुन मान सैजु ले प्रमुख अथितिको रुपमा बोल्दै लायन्स क्लवले गरेको कार्य सर्हानिय भएकोले आगामि दिनमा पनि यस्ता प्रतिभा को पहिचान र अवसर मा सहयोगि बन्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रम मा बुटवल आसपास का बिभिन्न सस्थाका १२ जना दृष्टिविहिन हरुले गायन प्रस्तुति दिएका थिए । सन 2015 मा स्थापना भएको क्लवले बिभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ । फस्ट इलेक्ट भाइसडिष्ट्रीक गभर्नर लायन बालाराम भट्टराइ , एरिया चिफ लायन कल्पना सिवाकोटि ,क्लवका सस्थापक अध्यक्ष लायन जाकिर हुसेन लगाएतले बोल्नुभएको कार्यक्रमको सन्चालन पार्वती न्यौ

अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा

Posted in Uncategorized
९ जेठ, काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका र वेष्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् । बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो । तर अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् ।

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

Posted in जानकारी
२ जेठ, काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ । न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई निर्दोष ठहर गरेको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।
युवा संघ नेपालको ३५ औं स्थापना दिवसको पुर्ब सन्ध्यामा तिलोत्तमा नगर कमिटी द्वारा कोटिहवाको अविनास अनाथ आस्रममा शैक्षिक सामाग्री  बितरण गर्ने कार्यक्रम सप्पन्न

युवा संघ नेपालको ३५ औं स्थापना दिवसको पुर्ब सन्ध्यामा तिलोत्तमा नगर कमिटी द्वारा कोटिहवाको अविनास अनाथ आस्रममा शैक्षिक सामाग्री बितरण गर्ने कार्यक्रम सप्पन्न

Posted in Uncategorized
बैशाख ३१। तिलोत्तमा ।राष्ट्रिय युवा संघ नेपालको ३५ औं स्थापना दिवसको पुर्ब सन्ध्यामा तिलोत्तमा नगर कमिटी द्वारा कोटिहवाको अविनास अनाथ आस्रममा शैक्षिक सामाग्री बितरण गर्ने कार्यक्रम सप्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता जिवन पाण्डे,प्रमुख अतिथी राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय लेखा आयोग सदस्य ईश्वर तथा संगठनका प्रदेश सदस्य शंकर पाण्डे,जिल्ला सचिब दिपेश कडेल,जिल्ला सचिबालय सदस्य सन्जय माली,जिल्ला सदस्य गणेश न्यौपाने,जिल्ला बिभाग सदस्य बबि माली,रिटर्नी फेड्रेसन तिलोत्तमा कमिटी अध्यक्ष सन्तोष अर्याल,नेपाल अबिनास बाल आस्रमका अध्यक्ष आदरणीय कृष्ण ज्ञवाली एवं नगरका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । सचिब सतिस सापकोटा को संचालनमा भएको कार्यक्रम को स्वागत कमिटीका कोषाध्यक्ष उमेश कार्कीले गर्नु भएको थियोे ।।