Web Design In Nepal

Uncategorized

बुटवल ग्लोरि मा शुभकामना तथा विदाई कार्यक्रम ।।

बुटवल ग्लोरि मा शुभकामना तथा विदाई कार्यक्रम ।।

Posted in Uncategorized
चैत २६, बुटवल । बुटवल ग्लोरी इङ्लिस बोर्डिङ स्कुल बुटवलले कक्षा १२ का विद्यार्थीहरूलाई शुभकामना तथा विधाई कार्यक्रम सम्पन्न गरेको छ। वैशाख ११ गतेबाट सञ्चालन हुन लागेको कक्षा १२ को बोर्ड परीक्षामा समावेश हुन लागेका विद्यार्थीहरूको लागि कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूले शुभकामना तथा विधायिका कार्यक्रम गरेका हुन् । कक्षा ११ का छात्र क्षितिज कार्कीको अध्यक्षता विद्यालयका शिक्षा उपसमितिका संयोजक चुन्नुप्रसाद पौड्यालको प्रमुख आतित्यता मा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य शंकरप्रसाद गौतम शैक्षिक कार्यक्रम संयोजक किशोर खनाल प्लस टु तर्फका प्राध्यापक पारु न्यौपाने लगाएतले बोल्दै विद्यार्थीहरूको शैक्षिक एवं समुज्जल भविष्यको शुभकामना। दिनुभएको थियो । कक्षा १२ को तर्फबाट कक्षा १२ कि छात्रा प्रविना कुँवर बुटवल ग्लोरी रोजेकोमा आफुहरु अत्यन्तै हर्षित भएको र कुनै पनि पछुतो नरहेको उल्लेख ग
सहज सहकारी मा सदस्य अभिमुखिकरण कार्यक्रम सम्पन्न ।।

सहज सहकारी मा सदस्य अभिमुखिकरण कार्यक्रम सम्पन्न ।।

Posted in Uncategorized
चैत १६ , बुटवल । सहज बचत तथा ऋण सहकारी संस्था लिमिटेड रूपन्देहीले सदस्य अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न गरेको छ। ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारी संस्थाको वार्षिक कार्ययोजना अनुरूप सदस्य अभिमुखीकरण कार्यक्रम गरिएको हो। जिल्ला सहकारी संघ रूपन्देहीका अध्यक्ष भीम प्रसाद तुलाचनको प्रमुख आतित्य कार्यक्रम संयोजक विष्णुमाया भण्डारीको अध्यक्षता मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तुलाचनले ६८औ राष्ट्रिय सहकारी दिवसपछि सहकारीमा व्याप्त बेथितिहरू अन्त्य भएर जाने गरी सबै सहकारीकर्मी लाग्नुपर्नेमा जोड दिनुभयो संस्थाका अध्यक्ष ओमप्रकाश अर्यालले स्वागत गर्दै १३ वर्ष अगाडि स्थापना भएको सहकारीले हालसम्म १७ करोड पुँजी तथा १७०० बढी सेयर सदस्य एवं सेवा केन्द्र स्थापना गरी सेवा दिँदै आइरहेको उल्लेख गर्नुभयो । सस्थाका सचिव पार्वाती न्यौपानेको सन्चालन मा सम्पन्न कार्यक्रमको सहजिकरण सस्थाका पुर्व
बुटवल ग्लोरि इङ्ग्लिस बोर्डिङ स्कुल बुटवलमा एस ई ई दिने विधार्थिहरुलाइ शुभकामना एवम सम्मान ।।

बुटवल ग्लोरि इङ्ग्लिस बोर्डिङ स्कुल बुटवलमा एस ई ई दिने विधार्थिहरुलाइ शुभकामना एवम सम्मान ।।

Posted in Uncategorized
फागुन २६ । बुटवल ग्लोरि इङ्ग्लिस बोर्डिङ स्कुल बुटवल बेल्बास ले शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । चैत्र ७ गते देखि हुन लागेको एस ई ई परिक्षामा सहभागी हुन लागेका विधार्थिहरुलाइ शुभकामना तथा सम्मान गरेको हो । कक्षा ९ को आयोजनामा भएको कार्यक्रममा कक्षा ९ का छात्र आदर्श खनाल को अध्यक्षता स्कुलका अध्यक्ष खिम बहादुर हमाल को प्रमुख आतिथ्य , प्राचार्य शंकर प्रसाद गौतम को विशिष्ट आतिथ्य एवम स्कुलका शिक्षक कर्मचारी हरुको आतिथ्य रहेको थियो । विधार्थिहरुलाइ टिका खादा तथा मायाको चिनो समेत प्रदान गरिएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि हमालले शिक्षण शिकाइ साथै व्यबहारिकता आजको विधार्थिको आवश्यकता भएको उल्लेख गर्दै सोहि अनुरुप लाग्न आग्रह गर्नुभयो । प्रचार्य शंकर प्रसाद गौतमले एस ई ई मा सम्मेलित हुन जादा आत्मविश्वास का साथ जान र उत्कृष्ट नतिजा हासिल गर्न शुभेक्क्षा दिनुभयो
गुल्मी जुनिया चिदिपानी तराइ सम्पर्क समाजको १० औं साधारण सभा सम्पन्न

गुल्मी जुनिया चिदिपानी तराइ सम्पर्क समाजको १० औं साधारण सभा सम्पन्न

Posted in Uncategorized
बुटवल । गुल्मी जुनिया चिदिपानी तराइ सम्पर्क समाज रुपन्देहीको १० औं साधारण सभा सम्पन्न भएको छ।शनिबार तिलोत्तमामा भएको कार्यक्रमको बुटवल उपमहानगरपालिका पुर्व मेयर तथा संस्थाका संरक्षक रुपसिङ थापाले उद्घाटन गर्नुभयो। कार्यक्रममा बोल्दै थापाले पहाडबाट बसाइ सरी तराइमा आएपनि पनि रुपन्देहीमा भएका जुनिया,चिदिपानी बासीलाई एकीकृत गरि आपसी एकता र भाइचारा सम्बन्ध स्थापित गर्न महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो ।प्रमुख अतिथी समेत रहनुएका उहाले समाजले विभिन्न सामाजिक कार्यहरु मार्फत आफुलाइ अब्बल साबित गरेको बताउनुभयो । अध्यक्ष कृष्ण बहादुर थापाले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै समाजले गुल्मी जुनिया चिदिपानीको विकास र त्यहाँका स्थानीयहरूको सहजताका लागि विभिन्न सामाजिक कार्य गरेको बताउनुभयो। उहाले आगामी दिनमा समेत संस्थाले चोरकाटेको रुद्रावती माविमा स्वास्थ्य शिबिर सङ्गै विभिन्न स
इडनमा  शुभकामना कार्यक्रम सम्पन्न ।।

इडनमा शुभकामना कार्यक्रम सम्पन्न ।।

Posted in Uncategorized
बुटवल-११, नहरपुरमा अवस्थित इडन इङ्गलिस बोर्डिङ्ग स्कुलमा एस.ई.ई. परीक्षा दिने विद्यार्थीहरुको लागि शुभकामना कार्यक्रम सम्पन्न भएको छ। कक्षा ९ का विद्यार्थीहरुद्वारा आयोजित उक्त कार्यक्रमको अध्यक्षता कक्षा ९ मा अध्ययनरत सुनिल सुनारले गर्नुभएको थियो भने सन्चालन बीरता महत र प्राप्ती अधिकारीले गर्नुभएको थियो। कार्यक्रम बुटवल-११ का जनप्रतिनिधि तथा विद्यालयका अध्यक्ष नकुल शाही ठकुरीको प्रमुख आतिथ्यता र विद्यालयका प्राचार्य शिवहरी भट्टराईको विशिष्ट आतिथ्यतामा भएको थियो। कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई शुभकामना तथा मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले इडनले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याउनेमा विश्वास तथा शुभकामना ब्यक्त गर्नुभयो। त्यसै गरि कार्यक्रमका विशिष्ट अतिथि तथा प्राचार्य शिवहरी भट्टराईले विद्यार
ज्ञान गंगा पाठशाला को १३ औं वार्षिकउत्सव  तथा अभिभावक दिवस २०८१ सम्पन्न।।

ज्ञान गंगा पाठशाला को १३ औं वार्षिकउत्सव तथा अभिभावक दिवस २०८१ सम्पन्न।।

Posted in Uncategorized
बुटवल फागुन ७ । पार्वती न्यौपाने । ज्ञानगंगा पाठशाला तिलोत्तमा -४ को तेह्रौ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८१ मुल समारोह बुधवार सम्पन्न भएको छ । राष्ट्रीय प्रजातन्त्र दिवसको अवसर पारि आयोजित मुल समारोह को प्रमुख अतिथि संघिय संसद बासुदेब घिमिरेले उदघाटन गर्नु भएको थियो । घिमिरेले शिक्षा र सस्कार लाइ जोडेर लैजानु आजको आवश्यकता रहेकोमा जोड दिदै ज्ञानगंगा पाठशाला यस कुरामा अब्बल देखिएको समेत उल्लेख गर्नुभयो । घिमिरेले संस्थागत विद्यालयका समस्या समाधान गर्न आफू सधै प्रयत्नशील रहेको बताए । उनले देशको शैक्षिक विकासका संस्थागत विद्यालयहरुको भूमिका प्रमुख देखिएको बताउदै निजी स्कूलबाट उत्तीर्ण हुने विद्यालयलाई पनि सामुदायिक विद्यालयका विद्यार्थीसरह अवसर पाउनुपर्ने बताए । उनले रुपन्देही शिक्षा देशको अब्बलतामा दरिएको भन्दै यसलाई निरन्तरता दिदै आगामी दिनमा अझै बढाउनुपर्ने बताए । विधालयका अ
इडनमा साँस्कृतिक भेषभुषा प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

इडनमा साँस्कृतिक भेषभुषा प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Posted in Uncategorized
फागुन १, बुटवल । इडन इङ्गलिस बोर्डिङ्ग स्कुल बुटवलमा साँस्कृतिक भेषभुषा प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। कक्षा नर्सरीदेखी कक्षा एक सम्मका करिब पाँच सय विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरु विभिन्न जातजातिका संस्कृति झल्काउने खालका भेषभुषा तथा पोशाकहरुद्वारा सजिएर आएका थिए। कार्यक्रममा थारु, मगर,गुरुङ्ग, क्षेत्री, नेवार, मुस्लिम, ब्राह्मण जस्ता जातजातिका भेषभुषाको प्रदर्शन गरिएको थियो। कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका प्राचार्य शिवहरी भट्टराईले यस्ता कार्यक्रमहरुले विद्यार्थीमा नेपाली संस्कृतिको ज्ञान बढाउनुका साथै नेपाली हुनुमा गौरव बढाउने बताउनुभयो। त्यसैगरी सोही कार्यक्रममा कक्षा नर्सरी खेलकुद सप्ताहको पुरस्कार वितरण पनि गरिएको थियो। उक्त कार्यक्रममा गत माघ ८ देखि १५ सम्म सन्चालन भएको खेलकुद सप्ताहका विजेताका विजेता विद्यार्थीहरुलाई मेडल
अक्सफोर्ड माविले तीन दिवसीय कार्यक्रम गरेर बार्षिकोत्सव मनाउँदै

अक्सफोर्ड माविले तीन दिवसीय कार्यक्रम गरेर बार्षिकोत्सव मनाउँदै

Posted in Uncategorized
पारु न्यौपाने, बुटवल, १ फागुन । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले आफ्नो ३४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरेर मनाउँदै छ । विद्यालयले बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिवसिय कार्यक्रम गरेर बार्षिकोत्सव, पुरस्कार वितरण तथा सांगितिक कार्यक्रम गरेर अभिभावक दिवस मनाउने भएको हो । अभिभावक दिवसको उद्घाटन गर्दै लुम्विनी प्रदेशका सांसद भोजप्रसाद श्रेष्ठले शैक्षिक क्षेत्रको विकासकालागि निजी क्षेत्रले दिएको योगदानलाई विर्सन नसकिने बताउनुभयो । उहाँले बुटवल शैक्षिक हवका रुपमा विकास भएको उल्लेख गर्दै शैक्षिक गुणस्तरीयता कायम गर्न निजी शैक्षिक संस्थाहरुले दिएको नतीजा प्रशंसनीय रहेको बताउनुभयो । उहाँले सामुदायिक र संस्थागत विद्यालयहरुले शैक्षिक बिकास र सुधारकालागि ठुलो लगानी गरेको बताउँदै अव शिक्षालाई सीप र क्षमता विकासको माध्यमका रुपमा जोड्नु पर्ने बताउनुभ
प्राइम कमर्शियल बैंक लिमिटेड, शिवापुर विस्तारित काउन्टरको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न ।।

प्राइम कमर्शियल बैंक लिमिटेड, शिवापुर विस्तारित काउन्टरको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न ।।

Posted in Uncategorized
प्राइम कमर्शियल बैंक लिमिटेड, तिलोत्तम ८ शिवपुर मा रहेको शिवापुर विस्तारित काउन्टरले विद्यालयको शिक्षा र भौतिक संरचना व्यवस्थापनका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रु ३५,००० पैंतीस हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ। कार्यक्रम श्री शिवापुर माध्यमिक विद्यालय, तिलोत्तमा ११, शिवापुर, रूपन्देहीको ६३औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजना गरिएको थियो। उक्त चेक शिवापुर विस्तारित काउन्टरका इन्चार्ज खिमानन्द पौडेल र प्रतिनिधि सभा सदस्य संसद छविलाल विश्वकर्माद्वारा श्री शिवापुर माध्यमिक विद्यालय, तिलोत्तमा ११, शिवापुर, रूपन्देहीको व्यवस्थापन समिति अध्यक्ष ईश्वरी प्रसाद ज्ञवाली, प्रधानाध्यापक ज्ञान प्रसाद भट्टराई र विद्यालय टोलीलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा तिलोत्तमा ११ का वडा अध्यक्ष विष्णुबहादुर बराल क्षेत्री, अन्य वडा समिति सदस्यहरू, त
अक्स्फोर्डमा खेल सप्ताह सुरु ।

अक्स्फोर्डमा खेल सप्ताह सुरु ।

Posted in Uncategorized
पारु न्यौपाने, अक्स्फोर्ड माध्यमिक विद्यालयमा खेलकुद सत्र २०८१/८२ अन्तर्गतको खेल सप्ताह कार्यक्रम आरम्भ भएको छ। कार्यक्रमको उद्घाटन विद्यालयका प्राचार्य दिनेश भुषाल र सहप्राचार्य सुमन भुसालले गर्नुभएको थियो भने उद्घाटन सत्रमा बोल्दै प्राचार्य भुसालले अक्सफोर्डमा हुने यस्तै शैक्षिक तथा खेलकुद गतिविधिले नै आज अक्सफोर्डले हरेक क्षेत्रमा फड्को मार्न सफल भएको बताउनुभयो । विद्यार्थीभित्र रहेको प्रतिभा स्थानीय स्तरबाट नै प्रस्फुटन गराउने उद्देश्यका साथ हरेक वर्ष यसैगरी भव्य रुपमा खेल सप्ताह आयोजना गरिने विद्यालयका सहप्राचार्य सुमन भुसालले बताउनुभयो । खेल सप्ताहलाई प्रभावकारी बनाउनको लागि हरेक वर्ष प्रत्येक खेलका लागि छुट्टाछुट्टै संयोजकहरू तोकेर खेल सञ्चालन गरिने व्यवस्थापन विभाग प्रमुख बालकृष्ण पोखरेलले जानकारी दिनुभयो। आज भएको खेल सप्ताहको उद्घाटन सत्रमा अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल बि