इडन स्कुल नहरपुरमा श्रीपञ्चमि पुजा तथा अक्षरारम्भ कार्यक्रम ।।
Posted in Uncategorized
इडन इङ्गलिस बोर्डिङ्ग स्कुलमा वसन्त पन्चामीको अवसरमा सरस्वती पुजा तथा नयाँ विद्यार्थीहरुको अक्षराम्भ कार्यक्रम सम्पन्न भएको छ। धार्मिक मान्यता अनुरुप विद्याकी अधिस्टात्री देवी सरस्वती माताको पुजा गर्नाले ज्ञान विवेक र बुद्धि बढ्नुका साथै उक्त दिन अक्षर लेख्न सुरुवात गर्दा जीवनमा शैक्षिक सफलता मिल्ने विश्वास भएकोले आजको दिनलाई विशेष दिन मानिन्छ। उक्त कार्यक्रममा ९६ जना नयाँ विद्यार्थीहरु भर्ना भएका छ्न्। कार्यक्रममा विद्यालयका अध्यक्ष तथा जनप्रतिनिधि नकुल शाहीको उपस्थिति रहेको थियोे। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले बुटवल क्षेत्रमा इडनले छुट्टै पहिचान बनाउन सफल भएकोमा सम्पुर्ण अभिभावक, विद्यार्थी तथा शिक्षक कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रममा विद्यालयका प्राचार्य शिवहरी भट्टराईले गुणस्तरीय शिक्षाको लागि इडन मन्टेश्वरी छान्नुहुने सम्पुर्ण अभिभावकहरुलाई बधाई तथा धन्











