Web Design In Nepal

जानकारी

कक्षा १२  मा बुटवलको इडन स्कुलले ल्यायो उत्कृष्ट नतिजा । एक जना बाहेक सबै उत्तिण ।।

कक्षा १२ मा बुटवलको इडन स्कुलले ल्यायो उत्कृष्ट नतिजा । एक जना बाहेक सबै उत्तिण ।।

Posted in जानकारी
श्रावण ,१८ बुटवल । शुक्रवार सार्वजनिक कक्षा १२ को नतिजामा इडन स्कुल बुटवलले उत्कृष्ट नतिजा हासिल गरेको छ । विधालयबाट परिक्षामा सम्मिलित विधार्थिहरु मध्य एक जना बाहेक सबै राम्रो जिपिए सहित उत्रीण भएको +२ इन्चार्ज जगत पौडेलले बताउनु भयो । + २ तर्फ होटल म्यानेजमेन्ट तथा व्यवस्थापन विषयमा अध्यापन गराइदै आएको र स्कुल ले आफ्नै होटल शाहिल्यान्ड होटल मा अन्तराष्ट्रीय स्तरको प्रयोगात्मक काक्षा समेत दिने गरेको प्राचार्य शिवहरि भट्टराइले बताउनु भयो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वैशाख १४ गतेबाट सञ्चालित २०८० सालकाे कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए।नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी कक्षा १२ को परीक्षामा सहभागी भ
इडेन स्कुल बुटवलमा फ्री ट्यालेन्ट शो तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न ।

इडेन स्कुल बुटवलमा फ्री ट्यालेन्ट शो तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न ।

Posted in Uncategorized, जानकारी
श्रावण ,१८ बुटवल । इडेन स्कुल बुटवलमा शुक्रवार फ्री ट्यालेन्ट सो एवम प्रथम त्राइमासिक परिक्षाको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ र १२ मा अध्ययन गर्ने विधार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले आयोजना गरिएको कार्यक्रम उप प्राचार्य तथा +2 संयाेजक जगत पौडेलको अध्यक्षता एवम् विधालय का प्राचार्य शिवहरि भट्टराइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि भट्टराइले विधार्थिको शैक्षिक सङै सर्वाङ्गीण विकासका निमित्त यस किसिमका कार्यक्रमलाइ जोड दिदै आएको बताउनु भयो । कार्यक्रममा विधार्थिले कथा कविता गित गजल लगाएत का प्रतिभा प्रस्तुत गरेका थिए । यसै बिच १००० अभिवाबक को सहभागिता मा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको उप प्राचार्य कुशल बस्याल ले जानकारी दिनुभयो ।
तिलोत्तमा वडा -४ मा ७ दिने ब्यायम कार्यक्रम सम्पन्न ।

तिलोत्तमा वडा -४ मा ७ दिने ब्यायम कार्यक्रम सम्पन्न ।

Posted in जानकारी
पार्वती न्यौपाने ।असार , ८ तिलोत्तमा ।तिलोत्तमा वडा नम्बर ४ ले जनप्रतिनिधि कर्मचारि ,टोल विकास का प्रतिनिधि लगायत स्थानिय लाइ लक्षित गरि सुरु गरेको ७ दिने ब्यायम कार्यक्रमको शनिवार समापन गरेको छ ।समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष हरि बहादुर क्षेत्री ले ब्यायम ले शारिरिक सङै मानसिक स्फुर्ति बढाउने भएकोले निरन्तरता दिनुपर्ने मा जोड दिनुभयो । जनज्योति क्लबको खेल मैदानमा भएको ब्यायम मा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाण सहित एक हप्ता सम्मै स्थानियको उल्लासमय सहभागिता रहेको र यसले सामाजिक सदभावना समेत बढाएको अनुभुति गरेको वडा कार्यलयका सचिव काशिराम ज्ञवाली ले बताउनु भयो । वडा सदस्य मित्रलाल न्यौपाने , रम्भा घिमिरे लगायतले बोल्नु भएको कार्यक्रममा वडा सदस्य गोविन्द श्रेष्ठ ,हरिमाया नेपालि विभिन्न टोल विकासका अध्यक्ष लगायत को उपस्थिति रहेको थियो । मुकेश गुरुङले दिनुभएको प्रशिक्षण प्रभावक

तिलोत्तमा ६ शान्ती दुर्गा मन्दिरमा धार्मिक हाजिरिजवाफ प्रतियोगिता हुने

Posted in जानकारी
पार्वती न्यौपाने, जेठ १६, तिलोत्तमा । विद्यार्थीहरुमा मौलिक सनातन धर्म संस्कृतिप्रती चेतना जगाउने उद्देश्यले तिलोत्तमा–६ को व्यवस्थापन र शान्ती दुर्गा मन्दिरको आयोजनामा तिलोत्तमा नगरमा माध्यामिक विद्यालयस्तरीय धार्मिक हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ । तिलोत्तमा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको सहजिकरण्माा जेठ १९ गते शनिवार नगरभित्रका सामुदायिक तथा सस्थागत विद्यालयबाट अनिवार्य तथा ऐच्छिक संस्कृत बिषय बाहेकका कम्तिमा एक छात्रा सहित ३ जनाको समुह सहभागी गराई प्रतियोगिता गरिने आयोजक संस्थाले जनाएको छ । दुर्गामन्दिरकै हलमा गरिने प्रतियोगितामा प्रथमलाई १२००० द्वितीयलाई ९००० तृतीय हुनेलाई ६००० र प्रोत्साह हुनेलाई ३००० नगद तथा प्रमाणपत्र प्रदान गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिव पाठकले जानकारी दिनुभयो ।

लायन्स क्लव अफ बुटवल युथ ले गरेयो दृष्ट्रीविहिन हरुका लागि कार्यक्रम

Posted in जानकारी
जेठ ,१४- बुटवल लायन्स क्लब अफ बुटवल युथ ले सोमबार बुटवलमा दृष्टीविहिन सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । फरक क्षमता भएका व्यक्ति हरु को प्रतिभालाइ उजागर गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष नेमत अलिले बताउनु भयो । डिष्ट्रीक गभर्नर लायन्स अर्जुन मान सैजु ले प्रमुख अथितिको रुपमा बोल्दै लायन्स क्लवले गरेको कार्य सर्हानिय भएकोले आगामि दिनमा पनि यस्ता प्रतिभा को पहिचान र अवसर मा सहयोगि बन्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रम मा बुटवल आसपास का बिभिन्न सस्थाका १२ जना दृष्टिविहिन हरुले गायन प्रस्तुति दिएका थिए । सन 2015 मा स्थापना भएको क्लवले बिभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ । फस्ट इलेक्ट भाइसडिष्ट्रीक गभर्नर लायन बालाराम भट्टराइ , एरिया चिफ लायन कल्पना सिवाकोटि ,क्लवका सस्थापक अध्यक्ष लायन जाकिर हुसेन लगाएतले बोल्नुभएको कार्यक्रमको सन्चालन पार्वती न्यौ

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

Posted in जानकारी
२ जेठ, काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ । न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई निर्दोष ठहर गरेको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।
सरस्वती पूजाको अन्तर्वस्तु के हो?

सरस्वती पूजाको अन्तर्वस्तु के हो?

Posted in जानकारी, विचार, सुचना
भाेलि सरस्वती पूजा ! वसन्त पञ्चमी ,हिन्दूहरूकाे प्रचलनमा रहेको भए पनि सरस्वती पूजा पूर्णत: धार्मिक कार्य मात्र होइन, यो आध्यात्मिक-सांस्कृतिक विषय र भौतिक कार्य हो । ‘परमेश्वर प्राप्ति, स्वर्ग प्राप्ति, जीवनमुक्ति वा मोक्ष’का भनेर सरस्वती पूजा गरिँदैन । मानिसले आफ्नो जीवनका बारेमा विभिन्न कुरा सोचिरहेको हुन्छ, यो सोचिरहने क्रम कहिल्यै सकिँदैन । यो चलिरहन्छ, निरन्तर चलिरहन्छ । यो सोच भन्ने कुरा मानिसको आन्तरिक-आत्मिक विषय हो । सोच्नका लागि गुरु, भगवान, मठ—मन्दिर, विधि, प्रक्रिया केही नभए पनि, केही नमाने पनि यसलाई छाेड्न मिल्दैन, साेचिरहन्छ, चिन्तन मनन गरिरहन्छ । यो काम मानिसले एक्लै, जहाँ र जतिखेरसुकै गरिरहन सक्दछ । त्यसै क्रममा मानिसले जीवनमा आवश्यक पर्ने, जीवनलाई उज्यालो पार्ने क्षमताहरू-सामर्थ्यका बारेमा सोचेर राम्रो नाम राख्यो— सरस्+वती (रसले युक्त भएकी)=सरस्वती ! जीवनलाई आवश्यक पर्ने
रुपन्देहीको रोहिणीमा बस खस्दा ९ जनाको मृत्यु

रुपन्देहीको रोहिणीमा बस खस्दा ९ जनाको मृत्यु

Posted in Uncategorized, जानकारी, नेपाल, समाचार
भैरहवा- रुपन्देहीको रोहिणी पुलमा बस दुर्घट्ना हुँदा ९ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । लु २ ख ३८४१ नम्बरको बस जनकपुरबाट भैरहवा आउदै गर्दा भैरहवा परासी सडक खण्डको रोहिणी पुलबाट खसेको हो । दुर्घटनामा मृत्यु भएका ९ जना मध्ये ६ जनाको सनाखत भएको छ। रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल १३, कालिकानगरका कृष्णप्रसाद बस्याल, तिलोत्तमा वडा नम्बर ८ चार नम्बरकी ३७ बर्षिय तुलसी बस्याल, रौतहट जिल्लाका २० वर्षीया दिनेश दास, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको प्रहरीले बताएको छ । घाइते मध्ये १६ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको भैरहवाको भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजनमा उपचार भइरहेको छ ।
रु ५० हजारले शुरु गरेको व्यवसायबाट मासिक दुई लाख आम्दानी गर्दै दीपेश

रु ५० हजारले शुरु गरेको व्यवसायबाट मासिक दुई लाख आम्दानी गर्दै दीपेश

Posted in अंग्रेजी, अर्थतंत्र, आइपियो, ऋणपत्र, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, प्रदेश १, प्रदेश २, बजार, बागमती प्रदेश, बैंक, बोनस, ब्यानर, मनोरंजन, म्युचल फण्ड, राजनीति, राशिफल, रोचक, रोजगार, लुम्बिनी प्रदेश, विचार, विज्ञान र प्रबिधि, विदेश, शेयर बजार, समाचार, साधारण सभा, साहित्य, सुचना, सुदूरपश्चिम प्रदेश, स्वास्थ्य, हकप्रद शेयर
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ पिपलटारका युवा व्यवसायी दीपेशचन्द्र लामाले अहिले मासिक रु दुई लाखसम्म आम्दानी गरिरहनुभएको छ । करिब रु एक करोड लगानीमा दुई वर्षदेखि शुरु गरेको कृषि तथा पशुपालन व्यवसायबाट उहाँ मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । उहाँले बाख्रापालनसँगै घरमा धान कुट्ने र पिठो पिस्ने मिल जडान गर्नुका साथै भैँसी, गाई र तरकारी खेतीका लागि टनेल (प्लाष्टिक घर) निर्माण गरी विभिन्न थरीका तरकारी उत्पादन र बिक्री गर्दै आइरहनुभएको छ । एलिस्का कृषि फार्म दर्ता गरी सञ्चालन गरेको व्यवसायमा १० जनाले रोजगारीसमेत पाएका छन् । बाख्रा, भैँसी र गाईका लागि आवश्यक पर्ने दाना सबै आफँैले उत्पादन गरिरहेको लामाले बताउनुभयो । अहिले टनेलभरि गोलभेँडा फलाइरहनुभएका उहाँले छुट्टाछुट्टै कामका लागि त्यहीअनुसार कामदार खटाइरहनुएको छ । फलाएको तरकारी स्थानीय बजारमा नै बिक्री हुने, बढी भएको र सिजनमा फलेको बेल